१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

राजनीति बदल्न नेता बदलिनु पर्छ : नेता गुरुङ

Logo
प्रकाशित बिहिबार, जेठ १०, २०७५

सागर रिजाल
प्युठान, १० जेठ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले नेपालको राजनीति बदल्न नेताहरु बदलिनु पर्ने बताउनु भएको छ ।
नेपाल प्रेस युनियनले बिहीबार प्युठानको बिजुवारमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता गुरुङले राजनीति रुपान्तरण गर्न राजनीतिक नेतृत्व रुपान्तरण हुनुपर्ने बताउनु भयो ।
राजनीतिमा सुशासन नभएको उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, काग झै कराएर सुशासन आउदैन ।
नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले देशलाई आर्थिक समृद्धिमा डोर्‍याउने भनिरहेका बेला कांग्रेस नेता गुरुङले भन्नुभयो, ‘पार्टी एकीकरणले मात्र मुलुक बन्दैन । यो केवल सत्ताको जोड घटाउ हो ।’
नेपाली राजनीतिमा नैतिकता, सुशासन हराएको बताउँदै उहाँले राज्यसत्ता परिवर्तन भए पनि नेताहरु परिवर्तन नभएको टिप्पणी गर्नुभयो । नेताहरुको स्वार्थी बन्दा जनताले सुशासनको पनि अनुभूति गर्न नपाएको उहाँको भनाई छ । एमाले र माओबादीको एकता पछि अहिलेको अबस्थामा नेपाली काङ्ग्रेसले सरकारलाई रचनात्मक आधारमा अगाडी बढेको बताउनुभयो ।उहाँले भन्नुभयो,सत्ता बाहिर रहदा नेपाली काङ्ग्रेसले राम्रो कामलाई समर्थन र नराम्रो कामलाई बिरोध गर्छ ।नेपालका नेताहरु बदलिन सकेनौं ,नेताहरु परिवर्तन हुनुपर्छ ।नेता परिबर्तन भए मात्र मुलुक समृद्ध हुन्छ ।
नेपाल सरकार भारती सरकार सङ्ग लमपसार परेको समेत उहाँको भनाई छ । संघीय संरचनामा गए पनि नेपाली कांग्रेस अझै पुरानै संरचनाअनुसार चलिरहेको भन्दै उहाँले पार्टीको विधान संशोधनमा जोड दिनुभयो । सरकारले गर्ने राम्रो काममा सहयोग गर्दै कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयाे ।
नेपाल प्रेस युनियन प्युठानका अध्यक्ष श्रीराम भण्डारीकाे अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला स्थित पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन् सोङमार्फत जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री बुझेका छन् । आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मूल्य बराबरको सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे । नेपाल र चीन ऐतिहासिक […]

  (ABC-Sanchar) काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा यही कात्तिक १२ गते नेपाल आउँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य […]

  (ABC-Sanchar) काठमाडौं । जिउक्वान चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ। चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ। उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर […]