२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

५. नम्बर प्रदेश प्रदेशमा ८ सय २३ घरेलु हिंसाका घटनाहरु

Logo
प्रकाशित बिहिबार, मंसिर १८, २०७७

(सागर थापा)
दाङ । ५. नम्बर प्रदेशमा ८ सय २३ घरेलु हिंसा भएका छन् । ५. नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले विहीबार पत्रकार सम्मेलन गरेर १२ जिल्लामा ८ सय २३ घरेलु हिंसा भएको जनाएको छ । यो बर्ष विगतका बर्षहरुभन्दा हिंसाका घटनाहरुमा कमी आएको ५. नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी राजकुमार बैदवारले जानकारी बताए ।
चालुआर्थिक बर्ष २०७७/०७८ को कार्तिक सम्ममा सबैभन्दा बढि बाँकेमा घरेलु हिंसा भएका छन् । बैदवारका अनुसार बाँकेमा २ सय ७२, रुपन्देहीमा एकसय ६१ वटा, कपिलबस्तुमा ९१ वटा, नवलपरासीमा ८२, दाङमा ५६ वटा घरेलु हिंसाका घटना भएका छन् । त्यस्तै बर्दियामा ३८, रोल्पामा ३४,अर्घाखाँचीमा ३२, गुल्मीमा २६, पाल्पामा १४, प्यूठानमा १३ र रुकुमपूर्वमा ४ वटा घरेलु हिंसाका घटना भएका छन् ।
प्रहरी बरिष्ठ उपरीक्षक बैदवारका अनुसार घरेलु हिंसा सबैभन्दा बढि कृषि क्षेत्रमा आश्रय रहेका परिवारमा हुने गरेको पाईएको छ । उनका अनुसार कृषिमा आबद्ध परिवारका ४ सय ७७, गृहनी २ सय ६८, ज्यामी २७, विद्यार्थी ९, बेरोजगार १३, व्यापारि २०, कर्मचारी ८ र बैदेशिक रोजगारी१ जना रहेका छन् ।
प्रहरी बरिष्ठ उपरीक्षक बैदवारका अनुसार हिंसा पीडित हुनेमा ७ सय ३६ महिला रहेका छन्, भने ८७ जन पुरुष रहेका छन् । सवैभन्दा बढि २६ देखि ३५ बर्ष उमेरमा हिसा भएको पाईएको छ । १६ देखि ३५ बर्षका ३ सय ७६, १६ देखि २५ बर्षसम्मका दुईसय २५, ३६ देखि ४५ बर्षसम्मका २०५, ४६ देखि ६० बर्षसम्मका एकसय २३ जना हिंसा पीडित बनेका छन् । बैदवारका अनुसार महिला हिंसामा दुईसय ४९ जना महिला अभियुक्त छन्, भने ६ सय ९६ पुरुष अभियुक्त रेहका छन् ।
साथै सबैभन्दा धेरै जबरजस्ती करणीका एकसय ५५, जबरजस्ती करणी उद्योगका ५१, बहुविवाहका ४४, वाल विवाहका ४, बोक्सीकोआरोपमा ६, जातिय छुवाछुतका तीन वटा, अप्राकृतिक मैथुन ३, बालयौन दुराचारका १०, अवैद्य गर्भपतनका २, मानव वेचविखनका ६ वटा, घरेलु हिंसा मुद्दा दर्ता १ वटा दर्ता भएका छन् ।
यसैबीच प्रदेश प्र्रहरी कार्यालयले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाईरहेको छ । लुम्बिनी प्रदेश मातहतका १२ जिल्ला र ५३ इलाका प्रहरी कार्यालय गरि जम्मा ६५ प्रहरी ईकाइहरुबाट सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको उनले बताए ।
चालकसंग कुराकानी अभियान
यस्तै प्रदेश प्रहरी कार्यालयले चालकसंग कुराकानी अभियान पनि सुरु गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ वटै जिल्लामा यो कार्यक्रम सञ्चालन गरेको हो । मंसिर १४ गतेदेखि यो अभियान सुरु भएको बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी वैदवारले बताए ।
यस क्रममा चालकलाई प्रशिक्षण, व्यवसायीसंग समन्वय, सवारी साधनको चेकजाँच, सवारी साधनको यान्त्रिक व्यवस्था, ओभर लोड, ओभर स्पिड, मादक पदार्थ सेवन चेकिङ्ग गर्ने कार्य पनि भइरहेको छ । यो अभियान १५ दिनसम्म चल्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!