०६ चैत्र २०८०, मंगलबार
19-03-2024 , Tue
×

५. नम्बर प्रदेश प्रदेशमा ८ सय २३ घरेलु हिंसाका घटनाहरु

Logo
प्रकाशित बिहिबार, मंसिर १८, २०७७

(सागर थापा)
दाङ । ५. नम्बर प्रदेशमा ८ सय २३ घरेलु हिंसा भएका छन् । ५. नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले विहीबार पत्रकार सम्मेलन गरेर १२ जिल्लामा ८ सय २३ घरेलु हिंसा भएको जनाएको छ । यो बर्ष विगतका बर्षहरुभन्दा हिंसाका घटनाहरुमा कमी आएको ५. नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी राजकुमार बैदवारले जानकारी बताए ।
चालुआर्थिक बर्ष २०७७/०७८ को कार्तिक सम्ममा सबैभन्दा बढि बाँकेमा घरेलु हिंसा भएका छन् । बैदवारका अनुसार बाँकेमा २ सय ७२, रुपन्देहीमा एकसय ६१ वटा, कपिलबस्तुमा ९१ वटा, नवलपरासीमा ८२, दाङमा ५६ वटा घरेलु हिंसाका घटना भएका छन् । त्यस्तै बर्दियामा ३८, रोल्पामा ३४,अर्घाखाँचीमा ३२, गुल्मीमा २६, पाल्पामा १४, प्यूठानमा १३ र रुकुमपूर्वमा ४ वटा घरेलु हिंसाका घटना भएका छन् ।
प्रहरी बरिष्ठ उपरीक्षक बैदवारका अनुसार घरेलु हिंसा सबैभन्दा बढि कृषि क्षेत्रमा आश्रय रहेका परिवारमा हुने गरेको पाईएको छ । उनका अनुसार कृषिमा आबद्ध परिवारका ४ सय ७७, गृहनी २ सय ६८, ज्यामी २७, विद्यार्थी ९, बेरोजगार १३, व्यापारि २०, कर्मचारी ८ र बैदेशिक रोजगारी१ जना रहेका छन् ।
प्रहरी बरिष्ठ उपरीक्षक बैदवारका अनुसार हिंसा पीडित हुनेमा ७ सय ३६ महिला रहेका छन्, भने ८७ जन पुरुष रहेका छन् । सवैभन्दा बढि २६ देखि ३५ बर्ष उमेरमा हिसा भएको पाईएको छ । १६ देखि ३५ बर्षका ३ सय ७६, १६ देखि २५ बर्षसम्मका दुईसय २५, ३६ देखि ४५ बर्षसम्मका २०५, ४६ देखि ६० बर्षसम्मका एकसय २३ जना हिंसा पीडित बनेका छन् । बैदवारका अनुसार महिला हिंसामा दुईसय ४९ जना महिला अभियुक्त छन्, भने ६ सय ९६ पुरुष अभियुक्त रेहका छन् ।
साथै सबैभन्दा धेरै जबरजस्ती करणीका एकसय ५५, जबरजस्ती करणी उद्योगका ५१, बहुविवाहका ४४, वाल विवाहका ४, बोक्सीकोआरोपमा ६, जातिय छुवाछुतका तीन वटा, अप्राकृतिक मैथुन ३, बालयौन दुराचारका १०, अवैद्य गर्भपतनका २, मानव वेचविखनका ६ वटा, घरेलु हिंसा मुद्दा दर्ता १ वटा दर्ता भएका छन् ।
यसैबीच प्रदेश प्र्रहरी कार्यालयले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाईरहेको छ । लुम्बिनी प्रदेश मातहतका १२ जिल्ला र ५३ इलाका प्रहरी कार्यालय गरि जम्मा ६५ प्रहरी ईकाइहरुबाट सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको उनले बताए ।
चालकसंग कुराकानी अभियान
यस्तै प्रदेश प्रहरी कार्यालयले चालकसंग कुराकानी अभियान पनि सुरु गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ वटै जिल्लामा यो कार्यक्रम सञ्चालन गरेको हो । मंसिर १४ गतेदेखि यो अभियान सुरु भएको बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी वैदवारले बताए ।
यस क्रममा चालकलाई प्रशिक्षण, व्यवसायीसंग समन्वय, सवारी साधनको चेकजाँच, सवारी साधनको यान्त्रिक व्यवस्था, ओभर लोड, ओभर स्पिड, मादक पदार्थ सेवन चेकिङ्ग गर्ने कार्य पनि भइरहेको छ । यो अभियान १५ दिनसम्म चल्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              धादिङको नीलकण्ठ नगरपालिका –७ मा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् । वडाध्यक्ष गौतमहरि अधिकारीका अनुसार सोमबार साँझ चितुवाले कुकुर लगेको थियो […]

(एबिसि संचार ) नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का १५ जना कार्यकर्ता पक्राउ परेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई सिंहदरबार बाहिरबाट पक्राउ गरेको हो । नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै ?, सहकारी ठगलाई […]

(एबिसि संचार ) सर्लाही प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । मोस्टवान्टेड सूचीमा रहेका भारत मोतिहारी घर भएका २४ वर्षीय जितेन्द्र राउत र २८ वर्षीय सन्नीकुमार सिंहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ । भारतीय […]