२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

खुलेयो लाइसेन्सको ट्रायल र परीक्षा

Logo
प्रकाशित शुक्रबार, मंसिर १९, २०७७

(ABC Sanchar)
काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ प्रक्रिया खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै नयाँ लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन खुला गर्न लागिएको जनाएको छ । विभागले प्रदेश कार्यालयहरुको मागका आधारमा लाइसेन्सको लिखित तथा ट्रायल परिक्षाका लागि अनलाइन फारम खुल्ला गर्न लागिएको जनाएको हो ।
तर, अनलाइन फारम तथा परीक्षा सञ्चालन गर्ने सम्बन्धमा भने स्वयम् प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय तथा यातायात कार्यालयहरुको स्वःअधिकार हुने विभागले जनाएको छ । ‘नयाँ लाइसेन्सको आवेदन खुल्ला गर्ने,परीक्षा सञ्चालन गर्ने र यातायात सम्बन्धी नवीकरण, दर्ता लगायतका अधिकार विभागले सम्बन्धीत प्रदेशहरुलाई नै दिइसकेको छ ।
थप अन्योलताका बीच हामीले कोभिड–१९ पछि आवेदन खोल्ने सम्बन्धमा प्रदेश कार्यालयहरुलाई आवश्यक स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाई खोल्न सकिने भनिसकेका । तर कहिलेबाट खोल्ने र कसरी खोल्ने भन्नेमा भने स्वयम प्रदेश सरकारहरुको स्वःविवेकको कुरा हो । यसका लागि तयारी अवस्थामा रहन विभागले सम्बन्धित प्रदेशलाई भनेका हौं’ यातायात व्यवस्थापन विभागका महानिर्देशक गोगनकुमार हमालले रातोपाटीसँग बताए ।
यस्तो आवेदन प्रक्रिया पुर्याएर स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर प्रदेश यातायात कार्यालयहरुले तत्काल खोल्न सक्ने महानिर्देशक हमालको भनाई छ । विभागबाट यस्तो सूचना आएसँगै प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकास मन्त्रालयहरुले नयाँ लाइसेन्सको प्रक्रिया अघि बढाउने भएका छन् ।
बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले अबको एक दुई दिनभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम तथा परीक्षा खोल्ने तयारी गरेको छ । कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहिरहेको अवस्थामा स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै लाइसेन्सको परिक्षालाई व्यवस्थित बनाउने गरी मन्त्रालयले तयारी थालेको भौतिक पूर्वाधार विकास मन्त्रालय, बाग्मतीका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए ।
त्यस्तै, यता गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि एक दुई दिनभित्रै लाइसेन्सको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, गण्डकीका सूचना अधिकारी डोलराज पराजुलीले रातोपाटीसँग बोल्दै प्रदेशभित्र केहि दिनभित्रै अनलाइन फारम खुल्ला गर्दै लाइसेन्सको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न लागिएको बताए ।
यस्तै,प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले समेत केहि दिनभित्रै लाइसेन्सको प्रक्रिया अघि बढाइने गरी तयारी थालिएको जनाएका छन् । कोभिड–१९ को प्रकोपसँगै गत चैत ११ गतेदेखि मुलुक पूर्णतः लकडाउनमा गएसँगै नयाँ लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा प्रभावित हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]