२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पसलमा ढुंगा हानेपछी घोराही नगर प्रहरी प्रमुख पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर २०, २०७७

(सागर थापा)
घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख पक्राउ परेका छन्। उनलाई प्रहरीले गए राति पक्राउ गरेको हो। पसलमा ढुंगा हानेको आरोपमा प्रहरीले नगर प्रहरी प्रमुख रूद्रप्रसाद पन्थीलाई पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरी पसलमा ढुंगा हानेपछि पन्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताउनुभयो।
पन्थीले बेलुकी १० बजेतिर घोराही शहिद गेट नजिकैको शर्मा मोबाइल पसलमा ढुंगा हानेको प्रहरीको भनाइ छ।
पन्थीले हानेको ढुंगा लागेर मोबाइल पसल सञ्चालकको टाउकोमा चोट लागेको छ।
‘उहाँले अत्याधिक मदिरा सेवन गरी मोबाइल पसलमा चुरोट माग्न जानु भएको रहेछ। एसपी चंन्दले बताए । पसलेले यहाँ चुरोट पाइँदैन भनेपछि नगर प्रमुख पन्थीले ढुंगा टिपेर हानेका हुन् ।’
पन्थीले आफू नगर प्रहरी प्रमुख रहेको समेत मोबाइल पसल सञ्चालकलाई बताएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। आवश्यक सोधपुछका लागि मोबाइल पसल सञ्चालकलाई जिप्रका बोलाएको र नगर प्रहरी प्रमुख हुन् भनेर जोगाउने कुरै आउँदैन गल्ती गरेको पाइएमा कानुन अनुसार कारवाही गरिन्छ। पन्थी हाल जिल्ला प्रहरी कार्यालय दाङको नियन्त्रणमा छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]