०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

सशस्त्रले स्रोत नखुलेको १६ लाख नगदसहित एक युवक पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर २०, २०७७

ABC (क्राईमबिट)
बारा । पचरौता नगरपालिका-७ बेनौली स्थित सीमा ईलाकाबाट शुक्रबार एपीएफ टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको सिम्रौनगढ गनरपालिका-८ बस्ने २३ वर्षिय सैनुल्लाह अन्सारी छन् ।
बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय मोटरसाईकलमा सवार निज अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा निजले उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसवेला निजले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  सुडानी । स्वयंसेवक उद्धारकर्ताहरूले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढीको मृत्यु भएको बताएका छन् । पश्चिमी ओमदुरमानमा सोमबार भएको ‘अन्धाधुन्ध गोलाबारी’ मा १२० जना सर्वसाधारणको मृत्यु भएको युद्धग्रस्त देशभरका स्वयंसेवक उद्धारकर्ताहरूको नेटवर्कको हिस्सा रहेको ओम्बाडा आपत्कालीन प्रतिक्रिया कक्षले जनाएको छ । नेटवर्कले यो मृत्यु सङ्ख्या […]

  डडेल्धुरा । गोली प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले अमरगढी नगरपालिका–३ पथरोडा बस्ने ३२ वर्षीय डम्बरबहादुर थापा मगरलाई पक्राउ गरेको छ । घरायसी विवादका क्रममा डम्बरले अस्मितामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमानले प्रहार गरेको गोलीबाट अस्मिताको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी […]

  दाङ । आज दिउँसो करिब साढे दुई बजेतिर घोराही उपमहानगरपालिका १० गुर्जेखोलामा रा १ ख ११५६ नं.को बसले विपरित दिशा तर्फ आउँदै गरेको रा ७ प १२५२ नं.को मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते हुनेमा मोटरसाइकल चालक रुकुम पूर्वको भुमे गाउँपालिका ३ का ४० वर्षिय जहरे […]

error: Content is protected !!