२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रुपन्देही प्रहरीले स्रोत नखुलेको १६ लाख सहित एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर २२, २०७७

(सिमा गुरुङ)
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ का २१ वर्षीय श्यामकुमार बनियालाई प्रहरीले श्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नियमित चेकचाँचका क्रममा बनिया भैरहवा बसपार्क नजिकै शान्तिनगर टोलबाट पक्राउ परेका हुन् ।
रकम सहित पक्राउ परेका श्यामकुमार बनिया
लु ३९ प ४४५७ नम्बरको स्कुटरमा एक हजार दरका १०३५ थान र पाँच सय दरका १२३० थान गरि १६ लाख ५० हजार रुपैयाँ लिएर हिड्दै गर्दा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
चेकजाँचको क्रममा भेटिएको रकमको श्रोत बनियाले खुलाउन नसकेपछि अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालयमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले बताए ।
प्रहरीले श्याम कुमारबाट २ वटा आइएमी नम्बर, १ थान मोबाइल समेत बरामद गरेको छ । रुपन्देही प्रहरीले यसअघि श्रोत नखुलेको २४ लाख रकम सहित रुपन्देहीको सम्मरीमाईका प्रमोद गुप्तालाई गत बिहीबार पक्राउ गरेको थियो ।
त्यसको पर्सीपल्ट शनिबार बनिया श्रोत नखुलेको रकम सहित पक्राउ परेका हुन् । गुप्ता र बनिया दुबैजना भारतको सुनौलीबाट भैरहवातर्फ आउँदै गर्दा एउटै स्थानबाट पक्राउ परेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]