(महेन्द्र सिंह)
बाँके । नेपालगंज उपमहानगरपालिका वडा नं. १९ कालिका मन्दिरमा जिल्ला प्रहरी कार्यालय बाँके र महिला,वालालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको आयोजना तथा ऐ. वडा कार्यालयको सहकार्यमा “लैङ्गिक हिँसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’’ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने, सन्दर्भ कार्यक्रममा ऐ. किरण महिला आमा समुहकी शान्ता श्रेष्ठको अध्यक्षतामा र ऐ. का वडाध्यक्ष प्रशुराम वर्माको प्रमुख आतिथ्यमा ऐ.वडाका का बाल क्लब , कोशोरी क्लव , आमा समुह लगायत स्थानिय महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिक समेतको उपस्थितीमा बाल यौन दुर्वयवहार तथा साइवर अपराध सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको बाँके एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।