२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

दाङ प्रहरीले ब्राउन सुगरसहित ६ जना पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर २२, २०७७


(सागर थापा)   दाङ                                             लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका अनुसार गढवा गाउँपालिका वडा नं. १ जुरौनी स्थित गफुर मियाको घरबाट ३० ग्राम लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी राजकुमार बैदवारका अनुसार पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नं. ९ देवीकोट निवासी ३७ वर्षिय सङसुलहक मिया, प्युठान सरुमारानी राप्ती गाउँपालिका वडा नं. १ बाङ्गेसाल निवासी ३० वर्षिय ईसादिन मिया, सोही ठाउँ निवासी २८ वर्षिय अजित मिया, सोही वडा माझेलाठी निवासी २३ वर्षिय रबिन नेपाली, साथै बाङ्गेसाल निवासी २४ वर्षिय ईदिस मिया र गढवा गाउँपालिका वडा नं.१ जुरौनी निवासी ३२ वर्षिय गफुर मियालाई आइतबार साढे ८ बजेतिर पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गढवा दाङबाट थप अनुसन्धान भई रहेको एसएसपी बैदाबारले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!