०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

कृष्णनगरमा भन्सार छलि गरेर ल्याइएको समान पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर २२, २०७७

(धनिराम कोरी)
कपिलवस्तु। जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ महेन्द्र पार्क नजिक बाट भन्सार छलि गरि ल्याउदै गरेको समान बरामद गरिएको छ ।
इलाका प्रहरी कृष्णनगर मताहतमा रहेको अस्थायी प्रहरी पोष्ट शुरक्षा जांच चौकी (लिंक गेट) इन्चार्ज प्रहरी नायब निरिक्षक रेशम बहादुर जि. सी. को कमाण्डमा खटिएको डिउटी टोलीले उक्त अबैध समान बरामद गरेको छ ।
महेंद्र पार्क नजिक भारत बाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको अवस्थामा प्रहरी लाई देख्नसाथ मानिस समान छोडी भारत तर्फ भागेको थियो ।
बरामद गरिएको रिमोट द्वारा चल्ने खेलौना र अन्य समानहरुरहेको छ ।
आवस्यक कार्यवाहीका लागी उक्त समान भन्सार कार्यालय कृष्णनगर पठाइने साथै उक्त समानको अनुमानित मुल्य रु ५९,१५०-/(उन्साठी हजार एक सय पचास)
पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ ।
आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर इन्चार्ज प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!