०८ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
×

(मास्क) लगाउ अभियान लिएर सिडियो र एसपी तुल्सीपुरको सडकमा

Logo
प्रकाशित मंगलबार, मंसिर २३, २०७७

(सागर थापा) दाङ। तुल्सीपुरमा सर्बसाधारणलाई मास्क लगाउन अनुरोध गर्दै खोइ तपाईंको मास्क´भन्दै दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य दाङ प्रहरि प्रमुख गणेश चंन्द सहित सुरक्षा निकायका प्रमुख सहित तुल्सीपुर बजारमा ! कोरोना रोकथाम तथा नियन्त्रणका लागि मास्क लगाएर साबधानी अपनाउन आग्रह गर्दै सचेतना अभियान सुरु गरिएको छ । मास्क लगाउन अनुरोध गर्दै दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आफै नै नेतृत्व गरेर दाङ तुल्सीपुरको विभिन्न ठाँउहरुमा (मास्क) वितरण अभियान गर्नु भएको हो । तुल्सीपुर बजारको सडकमा प्रमुख जिल्ला अधिकारी आचार्य नै निस्किएर अभियानमा प्रत्येक पसलमा र सर्बसाधारणलाई मास्क खोइ लगाउन आग्रह गर्दै लापरबाही नगर्न आग्रह गर्नु भयो। कोरोनाको महामारीमा तपाईको मास्क खोइ भन्दै तुल्सीपुर बजारमा दाङका प्रमुख जिल्ला अधिकारि आचार्यको नेतृत्वमा जिल्ला प्रहरि कार्यालय दाङ ईलाका प्रहरी कार्यालय तुल्सीपुर अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ नेपाली सेना सशस्त्र प्रहरी लगाएत। बिभिन्न सामाजीक संघ सस्थाका प्रतिनिधिहरुले सार्बजनिक स्थान,पसल र यातायातका साधनहरुमा समेत मास्क बितरण गरेका छन । दिनहु कोरोनाको महामारी फैलिरहेको भन्दै जिल्लाका प्रमुख शहरहरुमा सर्बसाधारण हरुलाई अनिवार्य रुपमा मास्क लगाउन र स्वास्थ्य मापदण्ड पुरा गर्न सचेत गराएको यो अभियान हरेक हप्तामा निरन्तर सन्चालन हुने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही राजनीतिक, सामाजिक र बौद्धिक वृत्तमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ- सविन प्रियासन । लामो समयदेखि पत्रकारितामार्फत समाज, राजनीति, विकास र जनजीवनका सवालहरू उठाउँदै आएका प्रियासनले अब प्रत्यक्ष राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनको राजनीतिक यात्राबारे व्यापक बहस सुरु भएको […]

बर्दिया । खुला सीमा नाकाहरूमा *अवैध तस्करी बढेको* र *प्रहरी प्रशासन मौन बसेको* भन्ने गुनासो स्थानीय र सञ्चारमाध्यममा आइरहेको छ। *के भइरहेको छ?* बर्दियाको गुलरिया, राजापुर, मधुवन लगायतका क्षेत्र नेपाल-भारत खुला सीमा भएकाले पशुचौपाया, मोटरसाइकल, किराना सामान, लागूऔषध जस्ता वस्तुको अवैध ओसारपसारको जोखिम बढी हुन्छ। पछिल्ला महिनाहरूमा लुम्बिनी प्रदेश प्रहरी विशेष टोली र सशस्त्र प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले काठमाडौंस्थित *एपीएफ कमाण्ड तथा स्टाफ कलेज*मा दुईवटा कार्यक्रममा सहभागिता जनाएका छन्। *कार्यक्रमहरू:* 1. *दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन* – कोर्ष पूरा गरेका अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। 2. *एघारौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन* – नयाँ समूहका प्रशिक्षार्थी अधिकृतहरूको लागि कोर्ष सुरु भएको छ। […]

error: Content is protected !!