२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

चितवनमा सवारी दुर्घट्नाबाट एकजना प्रहरीको मृत्यु

Logo
प्रकाशित मंगलबार, मंसिर २३, २०७७

(राकेश श्रेष्ठ) चितवन। ईलाका प्रहरी कार्यालय खुर्काेट सिन्धुली दरबन्दी भई ईलाका प्रहरी कार्यालय भण्डारामा कार्यारत ३३ बर्षीया प्रहरी जवान सुजन न्यौपानेको सडक दुर्घटनामा परी मृत्यु भएको हो ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ६ त ३३८१ नम्बरको ट्याक्टरले ना ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई आज (आइतबार) साँझ ८ बजे राप्ती नगरपालिका ६ भण्डारामा ठक्कर दिइएको थियो । ट्याक्टरको ठक्करबाट घाइते न्यौपानेको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजीव गिरीले जानकारी दिए । दुर्घटना लगत्तै ट्याक्टर चालक फरार छन् भने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय चितवनमा सवारी दुर्घट्ना सम्बन्धि अन्तरक्रिया लगायत जनचेतनामुलक कार्य हुने गरेको भएपनि दुर्घट्नामा भने कमी आउन सकेको छैन । केही समय अगाडि पनि सवारी दुर्घट्नामा परी सोही कार्यालयमा कायारर्त एक प्रहरी हवल्दारले आफ्नु ज्यान गुमाएका थिए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेश बम  )                                                                बैतडीमा आज बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको तल्लादेही आइरहेको सुपप्र ०२००१ ज ३८५ नम्बरको […]

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]