०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

चितवनमा सवारी दुर्घट्नाबाट एकजना प्रहरीको मृत्यु

Logo
प्रकाशित मंगलबार, मंसिर २३, २०७७

(राकेश श्रेष्ठ) चितवन। ईलाका प्रहरी कार्यालय खुर्काेट सिन्धुली दरबन्दी भई ईलाका प्रहरी कार्यालय भण्डारामा कार्यारत ३३ बर्षीया प्रहरी जवान सुजन न्यौपानेको सडक दुर्घटनामा परी मृत्यु भएको हो ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ६ त ३३८१ नम्बरको ट्याक्टरले ना ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई आज (आइतबार) साँझ ८ बजे राप्ती नगरपालिका ६ भण्डारामा ठक्कर दिइएको थियो । ट्याक्टरको ठक्करबाट घाइते न्यौपानेको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजीव गिरीले जानकारी दिए । दुर्घटना लगत्तै ट्याक्टर चालक फरार छन् भने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय चितवनमा सवारी दुर्घट्ना सम्बन्धि अन्तरक्रिया लगायत जनचेतनामुलक कार्य हुने गरेको भएपनि दुर्घट्नामा भने कमी आउन सकेको छैन । केही समय अगाडि पनि सवारी दुर्घट्नामा परी सोही कार्यालयमा कायारर्त एक प्रहरी हवल्दारले आफ्नु ज्यान गुमाएका थिए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

उदयपुर। बेलका नगरपालिका–४ हरिपुरस्थित भित्री सडक खण्डमा चलिरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय सफल बस्नेतको घटनास्थलमै मृ त्यु भएको छ। प्रहरीका अनुसार बस गुडिरहेको अवस्थामा अचानक खस्दा बालक गम्भीर घाइते भएका थिए र घटनास्थलमै उनको ज्यान गएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

error: Content is protected !!