२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अनुमति प्राप्त कूल ६४ वटा हातहतियार मात्र दर्ता

Logo
प्रकाशित मंगलबार, मंसिर २३, २०७७

ABC (क्राईमबिट) मकवानपुर ।जिल्ला प्रशासन कार्यालय मकवानपुरको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म दर्ता गरिएका हातहतियारको सङ्ख्या ६४ देखिएको हो । तीमध्ये सबैभन्दा बढी २२ बोरको राइफल १८ थान छन् ।
कार्यालयका अनुसार अधिकांश हातहतियार आर्थिक वर्ष २०७७-७८ सम्म पूर्णरूपमा नवीकरण गरिएको पाइएको छैन । कूल ६४ हातहतियारमध्ये १२ हातहतियारको आर्थिक २०७७/७८ सम्मको नवीकरण गरिएको छ भने अधिकाश हातहतियार नवीकरण गरिएको छैन ।
तथ्याङ्कअनुसार अधिकांश हातहतियार वर्षौँदेखि नवीकरण भएको देखिँदैन । समय-समयमा हातहतियार नवीकरण गर्न हातहतियार दर्तावालाले आवश्यक प्रक्रिया पूरा गर्न नआउँदा लामो समयदेखि हातहतियार नवीकरण नगर्नेको सङ्ख्या धैरै देखिएको हो ।
चौँसठ्ठी हातहतियारमध्ये १२ बोर दुईनाले बन्दुक सात थान, १२ बोर दुईनाले टोटावाल बन्दुक एक थान, २२ बोरको बन्दुक पाँच थान, एकनाले १२ बोरको टोटावाला बन्दुक एक थान, भरुवा एकनाले बन्दुक एक थान, हावादारी बन्दुक पाँच थान, १२ बोरको एकनाले स्वचालित एक थान, १२ बोरको दुईनाले बन्दुक एक थान छन् ।
यसैगरी तथ्याङ्कअनुसार भरुवा एकनाले एक थान, २२ बोर टुटु राइफल एक थान, १२ बारेको एकनाले बन्दुक दुई थान, स्पिङ्ग फिल्डको राइफल एक थान, इण्डियन १२ बोरको दुईनाले छर्रावाला बन्दुक एक थान, १२ बोरको दुईनाले बन्दुक चार थान, १२ बोरको बन्दुक एक थान, भरुवा बन्दुक पाँच थान, १६ बोरको दुईनाले बन्दुक एक थान, एकनाले बन्दुक एक थान, २२ बोरको एकनाले बन्दुक तीन थान, २२ बोरको टुटु एकनाले बन्दुक दुई थान र टुटु एक थान रहेका छन् ।-रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!