०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

बुटवलको देवदहमा दुई ट्रक गोरु प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

ABC (क्राईमबिट) बुटवल। रुपन्देही प्रहरीले जिल्लाको देवदह र लुम्बिनीबाट दुई ट्रक गोरु र सातजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई स्थानबाट ५५ वटा गोरु नियन्त्रणमा लिएको हो ।
देवदह नगरपालिका–११ शंकरपुरबाट ना.६ ख.३८६१ नम्बरको ट्रकमा अवैधरुपमा भारततर्फ लैजाँदै गरेको २७ गोटा गोरु, ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा चालक मकवानपुर हाडीखोला गाउँपालिका ७ का ४२ वर्षीय अम्बरबहादुर घिमिरे र सहचालक रुपन्देहीको रोहिनी गाउँपालिका-६ का १९ वर्षीय सदिप खान रहेका रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । नियन्त्रणमा लिइएका गोरुलाई पशु क्वारेन्टाइन चेक पोष्ट बेलहिया चलान गरिएको उनले बताए ।
यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका–५ लोखडियाबाट पुर्वतर्फ लैजाँदै गरेको लु १ ख ९८९५ नम्बरको ट्रकबाट २८ वटा गोरुसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त ट्रकका चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका वर्ष ३२ का गणेशबहादुर सुनार, सोही ठाउँका सहचालक वर्ष १७ का वीरेन्द्र सुनार, नवलपरासी सुनवलका सहचालक वर्ष १७ का भिमबहादुर बिक, कपिलवस्तु सुद्धोधन गाउँपालिका-२ का कामदारहरु ५० वर्षीय इवारत मुसलमान र ३० वर्षीय मिठ्ठु मुसलमानलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रवक्ता थापाले बताए ।
रुपन्देही प्रहरीले केही दिन यता दिनहुँजसो अवैधरुपमा भारततर्फ बिक्रीका लागि लैजान लागेका गोरु नियन्त्रणमा लिन थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!