२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

राजावादी र विप्लवका गतिविधिको बारेमा सुरक्षा परिषदको बैठक जारी

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । राजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका गतिविधि नियन्त्रणबारे समिक्षा गर्न सुरक्षा परिषदको बैठक बसेको छ।
बुधबार गृहमन्त्रालयमा सुरक्षा प्रमुखहरुको सहभागितामा गृहमन्त्रि रामबहादुर थापाको अध्यक्षतामा बैठक बसेको छ।
बैठकमा चार वटै सुरक्षा निकायका अधिकारीहरु सहभागी रहेको बताइएको छ।
स्रोतका अनुसार बैठकमा विद्रोही नेकपा र राजावादीहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौति बन्दै गइरहेकोले उनिहरुको गतिविधि माथि निगरानि राख्दै कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा समिक्षा र छलफल हुनेछ।
बैठकमा पहिले सुरक्षा निकायबाट विद्रोही नेकपा र राजावादीहरुको गतिविधिका विषयमा ब्रिफिङ हुने र आवश्यकता अनुसार निर्णय लिइने बुझिएको छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।