२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता गौतमको अन्त्येष्टी

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

(ABC Sanchar)
दाङ । नेपाल कम्युनिष्ट पार्टीका दाङ जिल्लाका संस्थापक मणिकलाल गौतमको बुधबार नै दाहसंस्कार गरिएको छ । घोराहीको रझेना स्थित शंखे पिपल घाटमा अन्त्येष्टि गरिएको हो । त्यस अवसरमा श्रद्धाञ्जली मन्तब्य ब्यक्त गर्नुहुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटि सदस्य शंकर पोखरेलले सरकारले कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको कठीन अबस्थामा पनि पार्टीप्रति प्रतिबद्ध भएर लागेकाले नै पार्टी अहिले यो स्थानमा पुगेको बताए ।
अहिले कम्युनिष्ट आन्दोलन मुख्य शक्तिका रुपमा स्थापित भएको भन्दै यो शक्ति निर्माणकालागि गौतमलगायत संस्थापकहरुको योग्दान महत्वपूर्ण रहेको उनको भनाई छ । कम्युनिष्ट आन्दोलनमा मात्रै नभई नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि अग्रजहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै यसबाट अबको नयाँ पुस्ताले पाठ सिक्नु पर्ने बताए ।
पार्टीमा समस्या देखिएमा अग्रजहरुको सल्लाह, सुझाब लिएर कमीकम्जोरीहरु सुधार गरि एकढिक्का बनाउने गरेको समेत उनको भनाई छ । अहिले पनि पार्टी भित्र समस्या देखिएको भन्दै यस्तो गम्भीर अबस्थामा अग्रजहरु गुमाउनु पर्दा दुःखी भएको समेत उनले बताए ।
साथै प्रदेश सरकारको स्थापना दिवसको अवसरमा गौतमलाई पदकले सम्मान गर्ने भनि छनोट समेत गरेको उहाँले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिका वडा नं. १८ रझेना निवासी गौतमको ९३ वर्षको उमेरमा आज विहान करीव ३ बजेतिर निधन भएको हो । गौतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य समेत रहेका थिए ।
निधनप्रति नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिब जगप्रसाद शर्मा‘अपार’ले दुःख ब्यक्त गरेका छन् । २००९ सालमा कम्युनिष्ट पार्टीको स्थापना हुँदा गौतमको योग्दान महत्वपूर्ण रहेको भन्दै उनको योग्दान, अनुभव र शिक्षा सधै सम्झिने र अनुशरणगर्ने समेत बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!