१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता गौतमको अन्त्येष्टी

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

(ABC Sanchar)
दाङ । नेपाल कम्युनिष्ट पार्टीका दाङ जिल्लाका संस्थापक मणिकलाल गौतमको बुधबार नै दाहसंस्कार गरिएको छ । घोराहीको रझेना स्थित शंखे पिपल घाटमा अन्त्येष्टि गरिएको हो । त्यस अवसरमा श्रद्धाञ्जली मन्तब्य ब्यक्त गर्नुहुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटि सदस्य शंकर पोखरेलले सरकारले कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको कठीन अबस्थामा पनि पार्टीप्रति प्रतिबद्ध भएर लागेकाले नै पार्टी अहिले यो स्थानमा पुगेको बताए ।
अहिले कम्युनिष्ट आन्दोलन मुख्य शक्तिका रुपमा स्थापित भएको भन्दै यो शक्ति निर्माणकालागि गौतमलगायत संस्थापकहरुको योग्दान महत्वपूर्ण रहेको उनको भनाई छ । कम्युनिष्ट आन्दोलनमा मात्रै नभई नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि अग्रजहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै यसबाट अबको नयाँ पुस्ताले पाठ सिक्नु पर्ने बताए ।
पार्टीमा समस्या देखिएमा अग्रजहरुको सल्लाह, सुझाब लिएर कमीकम्जोरीहरु सुधार गरि एकढिक्का बनाउने गरेको समेत उनको भनाई छ । अहिले पनि पार्टी भित्र समस्या देखिएको भन्दै यस्तो गम्भीर अबस्थामा अग्रजहरु गुमाउनु पर्दा दुःखी भएको समेत उनले बताए ।
साथै प्रदेश सरकारको स्थापना दिवसको अवसरमा गौतमलाई पदकले सम्मान गर्ने भनि छनोट समेत गरेको उहाँले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिका वडा नं. १८ रझेना निवासी गौतमको ९३ वर्षको उमेरमा आज विहान करीव ३ बजेतिर निधन भएको हो । गौतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य समेत रहेका थिए ।
निधनप्रति नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिब जगप्रसाद शर्मा‘अपार’ले दुःख ब्यक्त गरेका छन् । २००९ सालमा कम्युनिष्ट पार्टीको स्थापना हुँदा गौतमको योग्दान महत्वपूर्ण रहेको भन्दै उनको योग्दान, अनुभव र शिक्षा सधै सम्झिने र अनुशरणगर्ने समेत बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!