२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

राष्ट्रिय जनमोर्चा दाङकाे घोराहीमा बिरोधसभा

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

(सागर थापा)
घाेराही । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सरकार भ्रष्टाचारको आहालमा चुर्लुम्मै डुबेको आरोप लगाएका छन् । बुधबार दाङको घोराहीमा राजमोले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष नेपालीले सरकार भ्रष्टाचारीहरुको संरक्षण बनेको बताए ।
राजतन्त्रको अन्त्य भए पछि जनताले सुसाशन होला भन्ने आशा गरेर बर्तमान सरकारलाई बहुमत दिएको बताउँदै सरकारले जनताको भरोसा तोडेको कार्यकारी अध्यक्ष नेपालीले आरोप पनि लगाए । सरकारको भ्रष्ट क्रियाकलापको कारण राजावादीहरु पुनः सल्बलाउन थालेको भन्दै, मसानघाटबाट मुर्दा उठेर आउनु र राजतन्त्र पुनःस्थापित हुनु एउटै कुरा भएको बताए।
‘तर पनि राजावादीहरुलाई निश्तेज पार्न गणतन्त्रपक्षधरहरुको एकता आजको आवश्यकता भएको छ’ नेपालीले भने । उनले दलहरु आन्तरिक खिचलोमा फसेका कारण देशको राष्ट्रियता झन धेरै कमजोर भएको बताए । संघीयताका कारण जनताको आन्दोलनका उपलब्धी गणतन्त्र र धर्मनिरपेक्षता खतरामा परेको नेपालीको भनाई थियो ।
संघीयताको अन्त्यविना देश सम्बृद्ध हुन नसक्ने साथै गणतन्त्र र धर्मनिरपेक्षाताको समेत रक्षा हुन नसक्ने बताउँदै कार्यकारी अध्यक्ष नेपालीले संघीयताको खारेजीका लागि आम नागरिकलाई आह्वान गरे ।
‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको बिरुद्ध संघर्ष गरौं भन्ने मूल नाराका साथ आयोजित विरोध सभामा राजमोका जिल्ला अध्यक्ष गणेश आचार्य र जिल्ला सहसचिव ऋषिराम पौडेलले समेत सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव बसन्त पौडेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!