२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके जिल्लामा पहिलो पटक एसीसहितको सेवाग्राही कक्ष

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

(महेन्द्र सिंह)
बाँके । सेवा लिन आउने सेवाग्राहीलाई दुःख नहोस भनेर जिल्लामै पहिलो पटक कुनै सरकारी कार्यालयले सोंचेको देखिएको छ ।
देशमै रहेका अधिकांश सरकारी कार्यालय पुग्ने सर्वसाधारणले सेवा लिने क्रममा अनेकन सास्तीहरुको सामाना गरिरहनु परेको छ । तर ती सास्तीलाई कसरी समाधान गर्न सकिन्छ भनेर सोच्ने कार्यालय बिरलै पाइन्छन् ।
त्यही सेवाग्राहीको हितमा रहेर सोच्ने ति बिरलै सरकारी कार्यालयहरुमध्ये बाँकेको एक कार्यालयले सर्वसाधारणको गुनासोलाई कम गर्ने प्रयासको शुरुवात गरेको देखिएको छ ।
प्राय कार्यालयमा सेवा लिन पुग्ने सर्वसाधारणहरुले बस्ने, खानेपानी, शौचालय, पालो कुर्ने जस्ता समस्याहरु भोगिरहेको पाइन्छ भने कार्यालयहरुले सेवाग्राहीले भोग्नुपर्ने सास्तीभन्दा पनि कसरी सेवा शुल्क बापतको कर असुल (राजश्व) गर्ने कुरामा मात्र ध्यान केन्द्रित गरेको र सेवा दिन वेवास्ता गरिरहेका हुन्छन् ।
यी यस्ता कुराहरुलाई मध्यनजर गर्दै सेवाग्राहीको हितका लागि व्यवस्थापन गर्ने कुराहरुलाई पनि प्राथमिकता दिएको उदाहरणका रुपमा अहिले जिल्ला प्रशासन कार्यालय बाँके बनेको छ ।
प्रशासन कार्यालयमा पुग्ने सेवाग्राहीलाई सेवा लिनका लागि कुर्ने समयावधीसम्म बस्ने व्यवस्थापनका कुराहरुको सुबिधा तयार गरिएको हो । अहिलेसम्म कर्मचारीको कोठामा मात्र एसीको व्यवस्था हुने गरेको भएपनि पहिलो पटक सरकारी कार्यालयहरु मध्ये बाँके प्रशासनको सेवाग्राही कक्षमा एसीको समेत व्यवस्था गरिएको छ ।
तयार गरिएको सर्वसाधारणमुखि सेवाग्राही कक्षलाई बुधबारदेखि सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल सम्शेर राणा र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले संयुक्तरूपमा कक्षको उद्घाटन गर्नुभएको छ ।
नेपालगञ्जका २३ वटै वडाको एक÷एक लाख रुपैयाँ सहयोगमा एसीसहितको उक्त कक्षको निर्माण गरिएको मेयर डा.राणाले जानकारी दिनुभयो ।
बाँकेका प्रजिअ कुरुम्बाङले हरेक सरकारी कार्यालयमा कार्यालय प्रमुखदेखि सहयोगीसम्म सबैको बस्ने ठाउँ हुने तर सेवाग्राहीका लागि बस्ने ठाउँ नहुने समस्या देखिएकाले सेवाग्राहीको सुबिधाका लागि नगरपालिकाका सबै वडाहरुको सहयोगमा एसीसहितको सुबिधा सम्पन्न कक्षको स्थापना गरी सञ्चालनमा ल्याइएको बताउनुभयो ।
यस्तै सेवाग्राहीको सुबिधाका लागि बाँके प्रशासनमा बुधवारबाट टोकन प्रणाली समेत सञ्चालन गरिएको छ । बास नेपालको सहयोगमा उक्त प्रणाली सञ्चालनमा आएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]