११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

अज्ञात समूहले हतियार देखाएर ४ लाख रकम लुटे

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

ABC (क्राईमबिट)
लहान । अज्ञात समूहले हतियार देखाएर सिरहाको लहान नगरपालिका– ३ भगवानपुर गाउँ नजिकबाट आज एक जनाको रु चार लाख रकम लुटेर लगेको छ।
लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट ऋणबापतको रकम झिकेर घर फर्किदै गरेका लहान नगरपालिका– २३ गाढाका ५४ वर्षीय जागेश्वर यादवलाई दुई जनाको समूहमा आएकाहरुले हतियार देखाएर रकम लुटेका हुन्।
“रकम झिकेर साइकलमा घर फर्किदै थिए”, उनले भने, “लहान–ठाडी सडकअन्तर्गत भगवानपुरस्थित स्मार्टफोनको टावर नजिकै मास्क लगाएर बसेका अपरिचित दुई जनाको समूहले पेस्तोल देखाएर मसँग भएको सबै रकम लुटेर लग्यो।” अलिकति पनि हल्ला गरिए ज्यान मर्ने धम्की दिएकोसमेत पीडित यादवको दुखेसो छ।
इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक सुवास खतिवडाले रकम लुटिएको थाहा पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान गरिएको जानकारी दिए।
पीडितको प्रारम्भिक बयानबमोजिम जनउत्थान सहकारीमा समेत गएर बुझ्दा रकम झिकेको पुष्टि भएको उल्लेख गर्दै उनले सहकारी सिसिटिभी फुटेज हेरेर थप अनुसन्धान गरिने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रबक्ता डिएसपी डाक्टर हेम के.सी. एवं सामाजिक व्यक्तित्वहरूसहित घोराहीको नारनपुरमा अवस्थित मानव कल्याण आश्रममा खाद्यान्न सहयोग गरिएको छ। आश्रममा रहेका असहाय, अशक्त तथा बेसहारा व्यक्तिहरूलाई खाद्यान्न सहयोग गरी मानवीय कार्यमा हातेमालो गरिएको हो। प्रहरीले समाजमा सुरक्षासँगै मानवीय सेवामा पनि सक्रिय भूमिका खेल्दै आएको भन्दै स्थानीयले प्रशंसा […]

पालिकामा ‘तत्काल मर्मत तथा पूर्वाधार सेवा युनिट’ आवश्यक सडकका खाल्डाखुल्डीदेखि कुलो, नहर, खानेपानी र सार्वजनिक संरचनाको तत्काल मर्मत गर्ने स्थायी संयन्त्र बनाऔँ। सबिन प्रियासन चौधरी स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो। नागरिकले दैनिक जीवनमा भोग्ने अधिकांश समस्या स्थानीय पूर्वाधारसँग जोडिएका हुन्छन्। सडकमा खाल्डाखुल्डी पर्नु, ढल तथा नाली भत्किनु, खानेपानीका पाइप फुट्नु, कुलो तथा नहरमा […]

सुर्खेत । ‘सुरक्षित कर्णाली अभियान’ अन्तर्गत सुर्खेतमा रात्रिकालीन पोखरा जाने बसमा क्षमताभन्दा बढी यात्रु बोकेको पाइएपछि सवारी सुरक्षामा कडाइ गरिएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी मुकुन्द प्रसाद रिजालको नेतृत्वमा गरिएको चेकजाँचमा ओभरलोड गरी यात्रु बोक्ने बसलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो। यात्रुको ज्यान जोखिममा पारेर सवारी चलाउनेलाई कुनै छुट नदिइने र अभियान निरन्तर […]

error: Content is protected !!