२९ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

लामो समयदेखि बन्द रहेको चिडियाखाना २५ गतेदेखि खुला

Logo
प्रकाशित बिहिबार, मंसिर २५, २०७७

(ABC Sanchar) काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ने भएको छ । कोरोना भाइरस महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेको चिडियाखाना आठ महिनापछि खुल्न लागेको हो ।
“नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै चिडियाखाना खोल्न लागेका हौँ,” चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरेलले भन्नुभयो । चिडियाखाना भ्रमणमा आउँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । थप सुरक्षाका लागि चिडियाखानाकै ढोकामा ज्वरो नाप्ने थर्मल गन र सेनिटाइजर मेसिनको व्यवस्था गरिएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । यहाँ एकपछि अर्को मेडिकल स्टोर खुलिरहेका छन्। यहाँ लाइसेन्सको कुनै अर्थ छैन। सेल्समेनको योग्यताको पनि कुनै मतलब छैन। उच्च भाडा र मोटो रकम तिरेर मानिसहरू मेडिकल स्टोर खोलिरहेका छन्। यहाँ ग्राहकको कमी छैन। लागूपदार्थको लतमा फसेका युवाहरू अरु युवालाई पनि लागूपदार्थ खुवाएर आफ्नो समूह बढाइरहेका छन्। मुख्य रूपमा बिक्री हुने लागूपदार्थमा नशालु औषधि, […]

सर्लाही । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि झुठा मुद्धा लगाएको भन्दै नेता तथा कार्यकर्ताहरूले मलंगवा बजार बन्द गराएका छन्। उनिहरुले सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाही हुनुपर्ने र प्रहरीले लगाएको झुठा मुद्दा खारेज गर्नुपर्ने माग अघि सारेका हुन्। जसपा मधेश प्रदेश अध्यक्षमाथि लगाइएको मुद्दा फिर्ता नलिए आन्दोलन जारी […]

दाङ । चौपटास्थित श्री महामृत्युञ्जय गोरखनाथ धाम मन्दिर परिसर र घोराही–लमही सडक अन्तर्गत चौपटा क्षेत्रमा महाकाल युवा समूहको टोलीले सरसफाई गर्नुका साथै मन्दिर परिसर र सडक छेउँमा फुल रोपण गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवम् महाकाल युवा समूह घोराहीका सल्लाहकार सविन प्रियासनले फुल रोपण एवम् सरसफाई गरेर कार्यक्रमको सुरुवात गर्नु भएको थियो […]

error: Content is protected !!