२१ फाल्गुण २०८०, सोमबार
04-03-2024 , Mon
×

मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका दुई एआईजीको सरुवा

Logo
प्रकाशित बिहिबार, मंसिर २५, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । सरकारले नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ ।
बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्दै कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ ।
त्यस्तै महानगरीय प्रहरी कार्यालय, रानीपोखरी (मेट्रो) को जिम्मेवारी भने एआईजी हरिबहादुर पालले पाएका छन् । एआईजी पाल यसअघि कार्य तथा अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।
सरकारले महानगरीय प्रहरी कार्यालयमा एआईजीको दरबन्दी थप गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                        प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । ४९ लाख ५८ हजार ८०० रुपैयाँ ठगी गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

(एबिसि संचार )                                                      ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएर घाइते बनाएको छ ।   प्रदेश ३ –०१००५ ख ९७५५ जुनेली यातायातको बसले ठक्कर दिँदा ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीलाई […]

(एबिसि संचार )                                                       जुवातास खेल्ने ६ जना पक्राउ परेका छन् । पोखरा ८ मा गोपाल बस्नेतले चलाएको ग्यारेजको कोठामा उनीहरुले जुवा खेलेका हुन् ।  बस्नेतसहित पोखरा ८ सभागृह बस्ने […]