०८ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
×

कपिलवस्तुमा मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका बारे अन्तर्क्रिया

Logo
प्रकाशित बिहिबार, मंसिर २५, २०७७

(सुरेशकुमार पाण्डे)
कपिलवस्तु । कृष्णनगर नगरपालिकामा अवस्थित मुस्लिम कमिटीको हलमा मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय सुदर्शन बराल रहनु भयो । विशिष्ट अतिथिमा पूर्व मंत्री इश्वर दयाल मिश्र, नेकपा केन्द्रीय सदस्य सिराज फारूकी, प्रदेश सांसद अर्जुन केसी, विजयनगर गांउपालिका अध्यक्ष गोपाल थापा रहनु भयो । अतिथिमा ब्यापार संघ कपिलवस्तुका अध्यक्ष
महादेव पोख्रेल, नेकपा नगर कमिटी कृष्णनगर अध्यक्ष जावेद आलम खान, इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्ला खां, कृष्णनगर नगरपालिका उप प्रमुख शब्नम खातुन, रहनु भयो । कार्यक्रममा स्वागत तथा शुभकामना लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय मंत्री बरालले प्रदेशमा रहेको मदरसाको विकास, समृद्धि एवम् व्यवस्थित रूपमा अगाडि बढाउन प्रदेश मदरसा बोर्ड ले पहल गर्ने, इस्लामिक विश्वविद्यालय खोल्ने प्रवधान सहित प्रदेश शभामा विधेयक अगाडि बढेको बताउदै
यस बर्ष छ वटा जिल्लाको मदरसामा एक- एक वटा क्षात्रावास बनाउने योजना रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै पूर्व मंत्री इश्वर दयाल मिश्र ले शिक्षा क्षेत्रको विकासमा स्थानीय सरकारको भुमिका महत्वपूर्ण रहेको र मदरसा शिक्षा सम्बंधि प्रदेश स्तरमा नीतिगत निर्णय गरेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुभयो । नेकपा केन्द्रीय सदस्य सिराज फारूकी ले मदरसा शिक्षाको सवालमा राज्यले उचित कदम चाल्नुपर्ने मदरसाको व्यवस्थापन र त्यसमा पढाउने शिक्षकको सेवा सुविधा, शिक्षक तालिम समेतको व्यवस्था राज्यले मिलाउनु पर्नेमा जोड़ दिए ।
प्रदेश सांसद अर्जुन केसी ले सबै भाषा र सांस्कृतिको सबैले सम्मान गर्नु पर्ने बताउनुभयो।
उक्त कार्यक्रमको आयोजना जामिया इस्लामिया नइमिया, जामिया खदीजतुल कुबरा र अलजमिअतुल बरकतिया लिल बनात ले गरेका थिए । साथै मदरसा हरूको संयुक्त समस्या लाई जामिया इस्लामिया नइमियाका अध्यक्ष नसरूल्लाह खां ले सामाजिक विकास मंत्री सुदर्शन बराल लाई फाइल दिनुभयो ।कार्यक्रममा अन्य व्यवस्थापन नसरूल्लाह खां लगायत अन्यको भुमिका महत्वपूर्ण रह्यो । कार्यक्रममा राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्की, तोफेल खान, कैफ खान, हैदर अली, नूर मोहम्मद खां, सरफराज खां, अब्दुल रहमान, तारिक अनवर खां, लगायत पत्रकार, प्रहरी र अन्यको उपस्थित रहेको थियो। सगिर खाकसार ले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही राजनीतिक, सामाजिक र बौद्धिक वृत्तमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ- सविन प्रियासन । लामो समयदेखि पत्रकारितामार्फत समाज, राजनीति, विकास र जनजीवनका सवालहरू उठाउँदै आएका प्रियासनले अब प्रत्यक्ष राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनको राजनीतिक यात्राबारे व्यापक बहस सुरु भएको […]

बर्दिया । खुला सीमा नाकाहरूमा *अवैध तस्करी बढेको* र *प्रहरी प्रशासन मौन बसेको* भन्ने गुनासो स्थानीय र सञ्चारमाध्यममा आइरहेको छ। *के भइरहेको छ?* बर्दियाको गुलरिया, राजापुर, मधुवन लगायतका क्षेत्र नेपाल-भारत खुला सीमा भएकाले पशुचौपाया, मोटरसाइकल, किराना सामान, लागूऔषध जस्ता वस्तुको अवैध ओसारपसारको जोखिम बढी हुन्छ। पछिल्ला महिनाहरूमा लुम्बिनी प्रदेश प्रहरी विशेष टोली र सशस्त्र प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले काठमाडौंस्थित *एपीएफ कमाण्ड तथा स्टाफ कलेज*मा दुईवटा कार्यक्रममा सहभागिता जनाएका छन्। *कार्यक्रमहरू:* 1. *दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन* – कोर्ष पूरा गरेका अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। 2. *एघारौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन* – नयाँ समूहका प्रशिक्षार्थी अधिकृतहरूको लागि कोर्ष सुरु भएको छ। […]

error: Content is protected !!