२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कपिलवस्तुमा मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका बारे अन्तर्क्रिया

Logo
प्रकाशित बिहिबार, मंसिर २५, २०७७

(सुरेशकुमार पाण्डे)
कपिलवस्तु । कृष्णनगर नगरपालिकामा अवस्थित मुस्लिम कमिटीको हलमा मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय सुदर्शन बराल रहनु भयो । विशिष्ट अतिथिमा पूर्व मंत्री इश्वर दयाल मिश्र, नेकपा केन्द्रीय सदस्य सिराज फारूकी, प्रदेश सांसद अर्जुन केसी, विजयनगर गांउपालिका अध्यक्ष गोपाल थापा रहनु भयो । अतिथिमा ब्यापार संघ कपिलवस्तुका अध्यक्ष
महादेव पोख्रेल, नेकपा नगर कमिटी कृष्णनगर अध्यक्ष जावेद आलम खान, इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्ला खां, कृष्णनगर नगरपालिका उप प्रमुख शब्नम खातुन, रहनु भयो । कार्यक्रममा स्वागत तथा शुभकामना लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय मंत्री बरालले प्रदेशमा रहेको मदरसाको विकास, समृद्धि एवम् व्यवस्थित रूपमा अगाडि बढाउन प्रदेश मदरसा बोर्ड ले पहल गर्ने, इस्लामिक विश्वविद्यालय खोल्ने प्रवधान सहित प्रदेश शभामा विधेयक अगाडि बढेको बताउदै
यस बर्ष छ वटा जिल्लाको मदरसामा एक- एक वटा क्षात्रावास बनाउने योजना रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै पूर्व मंत्री इश्वर दयाल मिश्र ले शिक्षा क्षेत्रको विकासमा स्थानीय सरकारको भुमिका महत्वपूर्ण रहेको र मदरसा शिक्षा सम्बंधि प्रदेश स्तरमा नीतिगत निर्णय गरेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुभयो । नेकपा केन्द्रीय सदस्य सिराज फारूकी ले मदरसा शिक्षाको सवालमा राज्यले उचित कदम चाल्नुपर्ने मदरसाको व्यवस्थापन र त्यसमा पढाउने शिक्षकको सेवा सुविधा, शिक्षक तालिम समेतको व्यवस्था राज्यले मिलाउनु पर्नेमा जोड़ दिए ।
प्रदेश सांसद अर्जुन केसी ले सबै भाषा र सांस्कृतिको सबैले सम्मान गर्नु पर्ने बताउनुभयो।
उक्त कार्यक्रमको आयोजना जामिया इस्लामिया नइमिया, जामिया खदीजतुल कुबरा र अलजमिअतुल बरकतिया लिल बनात ले गरेका थिए । साथै मदरसा हरूको संयुक्त समस्या लाई जामिया इस्लामिया नइमियाका अध्यक्ष नसरूल्लाह खां ले सामाजिक विकास मंत्री सुदर्शन बराल लाई फाइल दिनुभयो ।कार्यक्रममा अन्य व्यवस्थापन नसरूल्लाह खां लगायत अन्यको भुमिका महत्वपूर्ण रह्यो । कार्यक्रममा राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्की, तोफेल खान, कैफ खान, हैदर अली, नूर मोहम्मद खां, सरफराज खां, अब्दुल रहमान, तारिक अनवर खां, लगायत पत्रकार, प्रहरी र अन्यको उपस्थित रहेको थियो। सगिर खाकसार ले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!