(महेन्द्र सिंह) बाँके बैद्य समूहका नेता तथा कार्यकर्ताहरु एमसीसीको विरोधमा नारा लगाउदै कोरियनपुरको आपबगियाबाट वीपीचोक हुँदै धम्बोझीचोकसम्म पुगेका थिए । उनीहरुले महंगी, भ्रष्टाचारको विरोधमा पनि आवाज उठाएका थिए ।
धम्बोझीचोकमा भएको कोण सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्यद्वय भुपेन्द्र न्यौपाने र नेत्र शाहीले एमसीसीको मात्रै होइन, संसदीय व्यवस्थाकै विरोध गर्नु भएको थियो ।