२६ आषाढ २०८२, बिहिबार
10-07-2025 , Thu
×

चालकको मृत्यु पछी दुम्किवासमा तनावग्रस्त राजमार्ग अवरुद्ध

Logo
प्रकाशित शुक्रबार, मंसिर २६, २०७७

(राकेश श्रेष्ठ)
चितवन । कावासोतीमा ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका हुन् ।
मध्यरातमा खोलामा अवैधरूपमा गिट्टी लिन पुगेको ट्र्याक्टर चालकको मृत्युपछि राति १ बजेदेखि तनाव सिर्जना भएको हो । प्रहरी टोली खोलामा पुग्दा नदीजन्य पदार्थ अवैधरूपमा निकाल्दै गरेका ट्र्याक्टर भाग्ने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । स्थानीयवासीले भने प्रहरीको कुटाइका कारण चालकको ज्यान गएको भन्दै विरोधमा उत्रिएका छन् ।
विनयी त्रिवेणी–२ को पहेलीभित्ता भन्ने स्थानको विनयीखोलामा लु३त ८१७५ नंको ट्र्याक्टर दुर्घटना हँुदा दाङको राजापुर गाउँपालिका–४ निवासी २४ वर्षीय हरिश्याम यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख प्रहरी निरीक्षक विकास बमले बताउनुभयो । ट्र्याक्टर भाग्ने क्रममा दुर्घटनामा परी गम्भीर घाइते भएका चालकको राति नै भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यलयको टोली खोलामा पुग्दा ट्र्याक्टर भाग्ने क्रममा दुर्घटनामा परेको उहाँले बताउनुभयो । प्रहरीले चारवटा ट्र्याक्टर नियन्त्रणमा लिएको थियो । तीनवटा भने खोलामै फसेका छन् । राति ११ बजेको समयमा खोलामा घटना घटेको हो । चालक नयाँ भएको र बाटोबारे ज्ञान नहुँदा भाग्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक बमले बताउनुभयो ।
स्थानीयवासीले भने प्रहरीले खोलामा पिटेर घाइते बनाएका कारण उनको मृत्यु भएको भन्दै राति १ बजेदेखि राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले इलाका प्रहरी कार्यालय दुम्किवास अगाडि घेराउ गर्दै प्रदर्शनसमेत गरेका छन् । यस क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ । राति झडपको अवस्था आएपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन १३ सेल अश्रुग्याससमेत प्रहार गरको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  यमन । जहाजका छ जना चालक दलका सदस्यहरूलाई उद्धार गरिएको छ भने कम्तीमा तीन जनाको मृत्यु भएको छ। युके मेरिटाइम ट्रेड अपरेशन्स (युकेएमएमटीओ) एजेन्सीका अनुसार ‘इटर्निटी सी’ नामक लाइबेरियाली झण्डा भएको जहाजमा २५ जना चालक दलका सदस्यहरू थिए। सोमबार एउटा सानो डुङ्गाबाट प्रहार गरिएको रकेट-प्रोपेल्ड ग्रेनेड (आरपीगी) आक्रमणमा जहाज गम्भीर रूपमा क्षतिग्रस्त र शक्तिहीन […]

अमेरिकी । नयाँ सूचीमा श्रीलंका, अल्जेरिया, इराक, लिबिया, फिलिपिन्स, मोल्डोभा र ब्रुनाई छन्। ती सबैमा अगस्ट १ देखि शुल्क लागू हुनेछ। ट्रम्पले यी देशका नेतालाई पठाएका पत्र पनि सार्वजनिक गरेका छन्। पत्रमा अमेरिकामा सामान पठाउँदा लगाइने शुल्क उल्लेख गरिएको छ। अब अमेरिकाले श्रीलंका, इराक, अल्जेरिया र लिबियाबाट आउने सामानमा ३० प्रतिशत भन्सार लगाउने छ। मोल्डोभा […]

काठमाडौं । सरकारले प्रतिशोध राखेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइराला सहभागी भएकी हुन् । हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले राज्यबाट भइरहेको अन्याय र दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताइन् । ‘म कुनै पनि पार्टीमा आबद्ध छैन । एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ’, उनले भनिन् […]

error: Content is protected !!