२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

चालकको मृत्यु पछी दुम्किवासमा तनावग्रस्त राजमार्ग अवरुद्ध

Logo
प्रकाशित शुक्रबार, मंसिर २६, २०७७

(राकेश श्रेष्ठ)
चितवन । कावासोतीमा ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका हुन् ।
मध्यरातमा खोलामा अवैधरूपमा गिट्टी लिन पुगेको ट्र्याक्टर चालकको मृत्युपछि राति १ बजेदेखि तनाव सिर्जना भएको हो । प्रहरी टोली खोलामा पुग्दा नदीजन्य पदार्थ अवैधरूपमा निकाल्दै गरेका ट्र्याक्टर भाग्ने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । स्थानीयवासीले भने प्रहरीको कुटाइका कारण चालकको ज्यान गएको भन्दै विरोधमा उत्रिएका छन् ।
विनयी त्रिवेणी–२ को पहेलीभित्ता भन्ने स्थानको विनयीखोलामा लु३त ८१७५ नंको ट्र्याक्टर दुर्घटना हँुदा दाङको राजापुर गाउँपालिका–४ निवासी २४ वर्षीय हरिश्याम यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख प्रहरी निरीक्षक विकास बमले बताउनुभयो । ट्र्याक्टर भाग्ने क्रममा दुर्घटनामा परी गम्भीर घाइते भएका चालकको राति नै भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यलयको टोली खोलामा पुग्दा ट्र्याक्टर भाग्ने क्रममा दुर्घटनामा परेको उहाँले बताउनुभयो । प्रहरीले चारवटा ट्र्याक्टर नियन्त्रणमा लिएको थियो । तीनवटा भने खोलामै फसेका छन् । राति ११ बजेको समयमा खोलामा घटना घटेको हो । चालक नयाँ भएको र बाटोबारे ज्ञान नहुँदा भाग्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक बमले बताउनुभयो ।
स्थानीयवासीले भने प्रहरीले खोलामा पिटेर घाइते बनाएका कारण उनको मृत्यु भएको भन्दै राति १ बजेदेखि राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले इलाका प्रहरी कार्यालय दुम्किवास अगाडि घेराउ गर्दै प्रदर्शनसमेत गरेका छन् । यस क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ । राति झडपको अवस्था आएपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन १३ सेल अश्रुग्याससमेत प्रहार गरको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!