२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मनकामना केबुलकार मंसिर २८ गते देखि पुनः सञ्चालनमा आउने

Logo
प्रकाशित शुक्रबार, मंसिर २६, २०७७

(ABC Sanchar) काठमाडौं                             मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको स्थानीय तह सहितको सरोकारवालाको बैठकले आगामी आइतबारबाट मन्दिर र केवलकार खोल्ने निर्णय गरेको हो ।
स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गरेर मात्रै मन्दिरमा पूजा गर्न पाइने र केवलकार चढ्न पाइने व्यवस्था गरिएको समितिले जनाएको छ।
केबुलकार चढ्नुअघि प्रत्येक यात्रुको ज्वरो मापन गरिने छ । सय फरेनहाइट भन्दा माथि ज्वरो भएका र रुघाखोकीको लक्षण देखिएका यात्रुहरुलाई प्रवेश नदिइने कम्पनीले जनाएको छ ।
केबुलकार प्रवेश गर्दा अनिवार्य रुपमा माक्स लगाउनु पर्ने, हात सेनिटाईज गर्नु पर्ने नियम बनाइएको छ ।
यात्रुले लाइनमा बस्दा अनिवार्य रुपमा भौतिक दूरी कायम गर्न लगाइएको चिन्ह अंकित घेरामा लामबद्ध भई बस्नु पर्नेछ । केबुलकार हाता भित्र प्रवेश गर्दा स्वचालित हेण्ड सेनिटाइजर वा साबुन पानीले हात धुनु पर्नेछ ।
स्टेशन हाता भित्र भिडभाड नगर्ने तथा पिकनिक र बनभोजलाई अस्थाई रुपमा बन्द गरिएको समितिले जनाएको छ ।
यस्तै बली दिने प्रयोजनको लागि पशुपन्छी ढुवानी गर्ने सेवा अस्थाई रुपमा बन्द गरिएको छ । केबुलकार बिहान ९ बजे देखि सांझ ५ बजेसम्म मात्र सञ्चालनमा आउने छ ।
त्यसैगरी, केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी पुस ३ गते शुक्रबारदेखि सञ्चालनमा आउने पनि जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!