२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सिमा झुलाघाटमा सशस्त्र प्रहरीको बीओपी भवन बन्ने

Logo
प्रकाशित शनिबार, मंसिर २७, २०७७

ABC (क्राईमबिट)
बैतडी । झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) को आफ्नै भवन निर्माण हुने भएको छ । यसका लागि रोयल खेमादेवी जेभीसँग रु एक करोडको ठेक्का सम्झौता भएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले जानकारी दिए ।
चालु आर्थिक वर्षको असार मसान्तसम्म भवन निर्माण गरिसक्ने गरी ठेक्का सम्झौता भएको हो । उनले भने,“ ठेक्का सम्झौता भएर, केही दिनभित्रै भवन निर्माण कार्य शुरु हुने तयारीमा छ” उनले थपे, “हाल भाडामा बसिरहेको भए पनि भवन निर्माणपछि आफ्नै भवनमा बस्छौँ” उनले थपे, “ब्यारेक र कार्यालय प्रयोजन हुने गरी २ भवन निर्माण हुन्छन् ।”
झुलाघाटमा गत जेठ १० गते बीओपी स्थापना भएकोमा हाल भाडाका भवनमा सशस्त्र प्रहरी बसिरहरको छ । सीमा सुरक्षाका लागि झुलाघाटसहित, पञ्चेश्वर र शिवनाथको कुस्मौतघाटमा बीओपीको स्थापना भएको छ । कुस्मौतघाटमा पनि भाडाको भवनमा सशस्त्र प्रहरी बसिरहेको छ भने पञ्चेश्वरमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाकै घरमा बसिरहेको छ ।
सीमा सुरक्षाका लागि २४सै घण्टा सुरक्षा दिने, सबैखाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुनुका साथै राजश्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएका हुन् । बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ ।-रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]