०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

सरकारले विप्लवसँग सार्थक वार्ता गर्नुपर्छ : पुर्वप्रधानमन्त्री भट्टराई

Logo
प्रकाशित शनिबार, मंसिर २७, २०७७

(ABC Sanchar)
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विप्लव नेतृत्वको नेकपाको कमजोरी फाइदा सरकारले लिनसक्ने भन्दै विप्लव समूहलाई गलत नीति फेर्न आग्रह गरेका छन्। साथै राज्यलाई सार्थक वार्ताका लागि आग्रह समेत गरेका छन्।
हालै मोरङमा आफ्नो पार्टीको सुराकीका लागि परिचालित रहेको आरोपमा राजेन्द्र श्रेष्ठमाथि सो समूहले ‘कारवाही’ गरेको थियो। ‘प्रतिकार’का क्रममा उनको ज्यान गएको विप्लव समूहको दाबी छ।
डा.भट्टराईले उक्त घटनबारे टिप्पणी गर्दै यसले राज्यलाई थप हिंसा मच्चाउन सहयोग पुग्ने भन्दै विप्लव समूहलाई सच्चिन आग्रह गरेका छन्।
केपी शर्मा अोली नेतृत्वको सरकारले यसअघि विप्लव समूहमाथि प्रतिबन्ध लगाउँदै उसका कार्यकर्ताको हत्या गरेको थियो।
भोजपुरमा राजू घिमिरे, सर्लाहीमा पार्टी इन्चार्ज कुमार पौडेल लगायतको निर्मम ढंगले सरकारले हत्या गरेको थियो। विप्लवको पछिल्लो घटनाले राज्यलाई त्यस्तो गतिविधि गर्न बल पुयाउँने बाबुरामको भनाई छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]