०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

सरकारले विप्लवसँग सार्थक वार्ता गर्नुपर्छ : पुर्वप्रधानमन्त्री भट्टराई

Logo
प्रकाशित शनिबार, मंसिर २७, २०७७

(ABC Sanchar)
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विप्लव नेतृत्वको नेकपाको कमजोरी फाइदा सरकारले लिनसक्ने भन्दै विप्लव समूहलाई गलत नीति फेर्न आग्रह गरेका छन्। साथै राज्यलाई सार्थक वार्ताका लागि आग्रह समेत गरेका छन्।
हालै मोरङमा आफ्नो पार्टीको सुराकीका लागि परिचालित रहेको आरोपमा राजेन्द्र श्रेष्ठमाथि सो समूहले ‘कारवाही’ गरेको थियो। ‘प्रतिकार’का क्रममा उनको ज्यान गएको विप्लव समूहको दाबी छ।
डा.भट्टराईले उक्त घटनबारे टिप्पणी गर्दै यसले राज्यलाई थप हिंसा मच्चाउन सहयोग पुग्ने भन्दै विप्लव समूहलाई सच्चिन आग्रह गरेका छन्।
केपी शर्मा अोली नेतृत्वको सरकारले यसअघि विप्लव समूहमाथि प्रतिबन्ध लगाउँदै उसका कार्यकर्ताको हत्या गरेको थियो।
भोजपुरमा राजू घिमिरे, सर्लाहीमा पार्टी इन्चार्ज कुमार पौडेल लगायतको निर्मम ढंगले सरकारले हत्या गरेको थियो। विप्लवको पछिल्लो घटनाले राज्यलाई त्यस्तो गतिविधि गर्न बल पुयाउँने बाबुरामको भनाई छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!