२७ आषाढ २०८२, शुक्रबार
11-07-2025 , Fri
×

काठमाडौं दरबारमार्गमा ATM मेसिन फोड्दै गर्दा युवक पक्राउ

Logo
प्रकाशित आइतबार, मंसिर २८, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा शनिबार एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङ रहेका छन् ।
उनलले उक्त एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
तोडफोडबाट एटीएम मेसिनको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गृहमन्त्री रमेश लेखेकको निर्देशनलाई ठाडो उलंघन गर्दै बाँकेमा कार्यरत सशस्त्र प्रहरीका असई सोमराज शर्माले खुलेआम स्याउ तस्करीसंग २ लाख ५० हजारको (स्याउ भित्र) महङ्गो फ्लेवर”पास गराउन दिनको ५/५ हजार मागेको अडियो सार्वजनिक… बाँकेको नेपालगन्ज भान्सारमा खुलेआम तस्करसँग बार्गेनिङ हुँदै तस्करी हुने गरेको प्रमाण फेला सीमा सुरक्षाको लागि नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बललाई जिम्मेवारी […]

बाँके । नेपालगञ्ज लुम्बिनी प्रदेश प्रहरी अस्पताल, नेपालगञ्जमा नव निर्मित अत्याधुनिक अपरेशन थियेटर भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। सो भवनको उद्घाटन लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेत नारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो। उद्घाटन समारोहमा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरू, प्रदेश सरकारका प्रतिनिधिहरू तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। समारोहमा मुख्यमन्त्री आचार्यले स्वास्थ्य पूर्वाधारमा सरकारको प्रतिबद्धता […]

  यमन । जहाजका छ जना चालक दलका सदस्यहरूलाई उद्धार गरिएको छ भने कम्तीमा तीन जनाको मृत्यु भएको छ। युके मेरिटाइम ट्रेड अपरेशन्स (युकेएमएमटीओ) एजेन्सीका अनुसार ‘इटर्निटी सी’ नामक लाइबेरियाली झण्डा भएको जहाजमा २५ जना चालक दलका सदस्यहरू थिए। सोमबार एउटा सानो डुङ्गाबाट प्रहार गरिएको रकेट-प्रोपेल्ड ग्रेनेड (आरपीगी) आक्रमणमा जहाज गम्भीर रूपमा क्षतिग्रस्त र शक्तिहीन […]

error: Content is protected !!