२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

प्रहरी र सशस्त्र प्रहरीको भर्नामा ३१ गुणा बढी आवेदन दर्ता

Logo
प्रकाशित आइतबार, मंसिर २८, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । दुई सुरक्षा निकायको भर्नामा यस वर्ष उच्च आवेदन परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको भर्नामा गत वर्षभन्दा २० गुणासम्म बढी आवेदन परेको हो ।
नेपाल प्रहरीको जवानमा गत वर्षभन्दा करिब १८ गुणा बढी आवेदन परेको छ । गत वर्ष ६ गुणा बढी मात्र आवेदन परेको थियो । यस वर्ष पाँच हजार दुई सय २७ पदमा भर्ना खुलाइएको थियो, जसमा ९३ हजार एक सय ६९ आवेदन परेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए ।
सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १५ हजार एक सय ४२ आवेदन परेको छ । यस्तै, सुदूरपश्चिममा १४ हजार सात सय ९८, प्रदेश–१ मा १४ हजार दुई सय ८६, कर्णालीमा १० हजार एक सय ५५, प्रदेश-२ मा नौ हजार सात सय ५३ र उपत्यकामा आठ हजार सात सय ३९ वटा आवेदन परेका छन् । बागमती प्रदेशका उपत्यकाबाहिर जिल्लामा चार हजार तीन सय ७६ वटा आवेदन परेका छन् । प्रहरी भर्नामा सबैभन्दा कम आकर्षण गण्डकी प्रदेशमा देखिएको छ, जहाँ ६ हजार एक सय ८० मात्र आवेदन परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गत वर्ष नेपाल प्रहरीले ६ हजार दुई सय ४४ जवान माग गरेकामा ४१ हजार सात सय ९६ मात्र आवेदन परेको थियो । प्रहरीमा महिलाको आकर्षण पनि बढेको छ । यस वर्षका आवेदकमध्ये १९ हजार एक सय चारजना महिला छन् ।
आवेदन बढ्नुले प्रहरी जागिरमा आकर्षण बढेको देखिने प्रहरी प्रवक्ता एसएसपी कुँवर बताउँछन् । कोभिड-१९ संकटका कारण अन्यत्र अवसर कम भएकाले पनि आवेदन बढेको हुन सक्ने प्रहरी आकलन छ ।
सशस्त्रमा १८ सय माग, ५६ हजार आवेदन सशस्त्र प्रहरीमा करिब ३१ गुणा बढी आवेदन परेको छ । एक हजार आठ सय ३३ पदमा माग भएकामा ५६ हजार चार सय ६३ वटा आवेदन परेका छन् । गत वर्ष थोरै आवेदन परेकाले सशस्त्र प्रहरीले पटक-पटक म्याद थप्नुपरेको थियो ।
साथै, लिखित परीक्षामा मागभन्दा थोरै उत्तीर्ण भएका थिए । ‘गत वर्षभन्दा यस वर्ष आवेदन धेरै गुणा बढी छ,’ सशस्त्र प्रहरी प्रवक्ता डिआइजी राजु अर्यालले भने । आवेदन बढाउन यसपटक सशस्त्र प्रहरीले पहिलोपटक ७७ जिल्लाबाटै फारम भर्न सक्ने व्यवस्था मिलाएको थियो । सशस्त्र प्रहरीका एक उच्च अधिकारीका अनुसार हिमाली जिल्लाहरूबाट भर्नामा थप प्रोत्साहन गरिएको छ । हिमाली जिल्लाहरूमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भइरहेको र त्यहाँ काम गर्न स्थानीय जनशक्ति हुँदा सहज हुने भएकाले सशस्त्र प्रहरीले यस्तो रणनीति बनाएको हो ।
कोभिड-१९ महामारीपछि आर्थिक क्षेत्रमा परेको असरले पछिल्लो समय बेरोजगारी बढ्दो छ । सोहीकारण सरकारी जागिरमा आकर्षण बढेको आकलन गरिएको छ ।
प्रहरीमा सबै तहको भर्नामा करिब आठ वर्षयता लोकसेवा आयोगले नै लिखित परीक्षा लिन्छ । त्यसयता प्रहरी भर्नामा निष्पक्षता हुने भएकाले सर्वसाधारणको विश्वाससमेत बढेको छ । नयाँपत्रिकाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]