३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

पुस १ गतेदेखि तुलसीपुरमा विद्युतियबाट घरनक्सा पास हुने

Logo
प्रकाशित आइतबार, मंसिर २८, २०७७

(तेज वली) तुलसीपुर उपमहानगरपालिकाले शनिबार पत्रकार सम्मेलन गरि पुस १ गतेदेखि विद्युतिय माध्यामबाट घर नक्सा पास सेवा सुरु गर्न लागिएको जानकारी दिएको हो ।
हाल रहेको कागजीप्रक्रियालाई विस्तापित गरि विद्युतिय माध्यमबाट सेवा प्रवाह गर्दा पारदर्शी, छिटो छरितो हुने तथा सहज हुने भएकाले यो सेवा सुरु गर्न लागिएको उपमहानगरापलिकाका मेयर घनश्यम पाण्डेले बताए । हामीले तुलसीपुर उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाउने अबधारणा अनुसार विद्युतिय माध्यमबाट घरनक्सा पास गर्ने सेवा सुरु गर्दैछौं, त्यसकालागि सबै तयारी पूरा भइसकेको छ”, उनले भने “यसले उपमहानगरपालिकालाई पेपरलेस बनाउने छ ।”
‘युएनडिपी’को ‘सीडीआरएमपी’ कार्यक्रम अन्तर्गत ‘इनोभेटिभ सोलुसन’को प्राबिधिक सहयोगमा उक्त सेवा सुरु गर्न थालिएको मेयर पाण्डेको भनाई छ ।
यो सेवा अन्तर्गत भवन निर्माण अनुमति तथा मिसिल÷रेकर्डहरु विद्युतिय रुपमा अभिलेख राखिने, अनलाईन दर्ता, फाईल कहाँ पुगेको छ, भनी थाह पाउन सकिने, भवन मापदण्ड सम्बन्धी राष्ट्रिय भवन संहिता चेकजाँच गर्न, नक्सा पास बुक, सँधियार, मुचुल्का, संर्जमिन समावेश, रिपोर्ट हेर्न र प्रमाणपत्रहरु प्रिन्ट गर्न सकिने उनले बताए ।
त्यस्तै फाइल बोकेर कार्यालय आउनु नपर्ने, पूराना मिसेलहरु हराउने समस्याको अन्त्य हुने, राजश्व प्रणालीले हिसाब गर्ने भएकाले पारदर्शी हुने, सवै परामर्सदाता छनोट गर्न सकिने र नक्सा पास भएमा घरधनीले मोबाइल एसएमएस प्राप्त गर्ने, सेवाग्राहीले घरमै बसेर कामको अबस्था बुझ्न र गुनासो समेत गर्न मिल्ने जस्ता सुविधा पाईने मेयर पाण्डेको भनाई छ । उनका अनुसार यो प्रणालीले सुशासन अभिबृद्धिमा योग्दान पुग्नेछ ।
यस विषयमा पहिलो चरणमा उपमहानगरपालिकाका सबै वडाका एकसय जनालाई तालिम प्रदान गरिने उपमहानगरपालिकाका ईञ्जिनियर अपिल आचार्यले जानकारी दिए । यो सेवा सुरु भएपछि गलत डाटा हालेर नक्सा पास गर्ने प्रबृतिको समेत अन्त्य हुने उनको भनाई छ ।
उनका अनुसार अहिले तुलसीपुरमा करिब ४० हजार घर संख्या भएपनि ६ हजार ५६ घरको मात्रै नक्सा पास भएको भन्दै अब प्रत्येक घरमा पुगेर सबैलाई प्रमाणपत्र प्रदान गर्ने तयारी समेत गरिएको छ । उनका अनुसार कच्ची घरको पनि नक्सा पास गर्ने र घर नम्बर दिने गरि तयारी थालिएको छ ।
त्यस अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारीले नक्सा डिजाईनकालागि झनझट हुने गरेकोमा अब भने सहज हुने बताए । यस अघि महंगो शूल्क तिर्नुपर्ने तथा मापदण्ड पु¥याउन पनि निकै झनझट हुने गरेको भन्दै यसले निकै सहज ल्याउने बताए । त्यस्तै अहिले दुई फ्लाईट घर निर्माण गर्ने भनि अनुमति लिने, तर चार फ्लाईटको घर निर्माण गर्ने अबस्थाको अन्त्य हुने समेत उनको भनाई छ ।
यो सेवा लुम्बिनी प्रदेशको वुटवलमा मात्रै सुरु भएको छ । तुलसीपुरमा विद्युतिय माध्यामबाट घर नक्सा पास गर्ने दोस्रो उपमहानगरपालिका हो । उपमहानगरपालिकाले प्रबिधिमैत्री सेवालाई जोड दिएको छ । यस अघि नगद कारोबार बैंकबाट गर्नकालागि उपमहानगरपालिका कार्यालयमै बैंकको शाखा स्थापना गरेको छ । निकट भबिष्यमै अनलाईनबाटै राजश्व तिर्ने व्यबस्था गर्ने तयारी रहेको समेत प्रमुख पाण्डेले बतए । त्यस्तै विद्युतिय हाँजिरी जडान गरिएको भन्दै यसले कर्मचारी समयमै आउने पद्धतिको विकास भएको छ । साथै हाँजिर भएको दिनको मात्रै पारिश्रमिक पाउने, कार्यालयमा सहभागि नभएको दिनको पारिश्रमिक समेत रोक्ने विद्युतिय हाँजिरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । उनका अनुसार अब कार्यालयमा जति काम गरिन्छ, सोही अनुसार मात्रै तलब दिने गरि प्रबिधिको विकास गर्ने तयारी गरिएको छ ।
उपमहानगरपालिका कार्यालय र सबै वडामा नागरिक बडा पत्र समेत राखेको उनको भनाई छ । अब बाटोलाई पनि स्मार्ट टेक्नोलोजि मापदण्ड अनुसार निर्माण गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!