२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

अमिलियामा एक युवकको शव फेला

Logo
प्रकाशित आइतबार, मंसिर २८, २०७७

(ABC क्राईमबिट) दाङ। लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा सल्यान जिल्ला कपुरकोट गाउँपालिका सिस्नेरीका अन्दाजी ३० वर्षिय नवीन रोका क्षेत्री रहेको ईलाका प्रहरी कार्यालय अमिलिया दाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक खीम बहादुर घर्ती मगरले जानकारी दिए ।
स्थायी घर सल्यान भए पनि मृतक रोका क्षेत्री केही समय देखि अमिलियामा ज्यामी काम गर्दै आएका थिए । दिनभर ज्याला मजुरी काम गर्ने गरेको स्थानीयले बताएका छन।
काम गर्ने पाएको पैसाले जाँड रक्सी खाने रैछन शुक्रवार पनि खाएर हिड्दै जाँदा खानेपानीको पाइप बिच्छ्याउने नालिमा खसेर मृत्यु भएको हाम्रो अनुमान छ,यो घटना रातको करिब ९ बजे तिरको होला प्रहरी निरीक्षक घर्ती मगरले भने ।
अहिले अमिलिया प्रहरी घटनास्थलमा पुगेको छ भने मृतकका आफन्तलाई सम्पर्कमा ल्याउने काम भैरहेको प्रहरीले जनाएको छ । मृतकको शबलाई पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइने अमिलिया प्रहरी प्रमुख प्रहरी निरीक्षक घर्तीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!