११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

महाराजगंज नगरपालिकामा ९ वटा कानुन पारित

Logo
प्रकाशित शनिबार, जेठ १२, २०७५

सनिउल्ला धोबी, कपिलवस्तु जेष्ठ १२ ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाको नगर सभाबाट ९ वटा कानुन पारित भएका छन । गत सोमबार देखि सुरु भएको नगर सभा शुक्रवार सम्म चलेको थियो । नगरसभाले महाराजगञ्जलाई अवाश्यक पर्ने कानुन पारित गरेको हो । महाराजगञ्ज नगरपालिका नगर प्रमुख अब्दुल कलामले नरसभालाई सम्बोधन गर्दै नगरपालिकाकालाई उत्कृष्ट नगर बनाउने बताउनु भएको छ ।
नगर प्रमुख कलामले नगरपालिका अहिले विकासको गतीमा रहेको बताउनु भयो । सोमबार मगलबार र शुक्रबार चालेको नगरसभाबाट १० वटा कानुन पारित भएका छन ।
नगरसभाले न्यायिक समितिको कार्यविधि, आर्थिक कार्यविधि, स्थानिय तहको बार्षिक तथा बजेट तर्जुमा दृगदर्शन, विपद व्यवस्थापन कार्यविधि, शिक्षा नियमावली, स्थनिय तह सहकारी ऐन, कृषि प्रर्वधन विधेयक, करारमा कर्मचारी भर्ना विधेयक, घ बर्गको निर्माण व्यवसायी इजातपत्र सम्बन्धि कार्यविधि लगायत कानुन पारित भएका छन ।
नगरसभाबाट स्वीकृत कानुनहरु उत्कृष्ट कानुन भएको विधेयक समितिका संयोजक तथा वडा नं ११ का वडा अध्यक्ष जगदिश प्रसाद तिवारीले बताउनु भयो । नगरसभामा पेश भएका कानुन उपर नगर सदस्यहरुले बुदागत अध्ययन गरी टिकाटिप्पण्ी गरी शुक्रबार नगरमा आप्नो आप्नो जिज्ञासा राखेका थिए । नगर सभामा आएका जिज्ञासको जवाफ विधेयक समितिका संयोजक जगदिश प्रसाद तिवारीले दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!