०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

घरमा पार्किङ गरी राखिएको गाडीमा आगजनी

Logo
प्रकाशित आइतबार, मंसिर २८, २०७७

ABC (क्राईमबिट)
राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगामास्थित एक घरमा शनिबार बिहान पार्किङ गरिराखिएको प्राइभेट पिकअप भ्यानमा आगजनी भएको छ ।
उक्त वडा निवासी बेचन मुखियाको घरआङनमा पार्किङ गरिराखिएको स.१च. १७२५ नं. को भ्यानमा एकाबिहानै आगजनी भएको हो । आगजनीबाट गाडीको इन्जिनसहित अग्रभाग पुरै जलेर क्षतिग्रस्त हुँदा करिब १८ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
डिएसपी भुवनेश्वर साहका अनुसार आगजनी कसले गरेको हो भन्ने कुराको अहिलेसम्म यकिन हुन सकेको छैन । सवारीधनी मुखियाले बिहान ४ बजेतिर नचिनेका केही मानिसले खर, पराल र पेट्रोल लिएर आई गाडीमा आगजनी गरि भागेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता समेत रहेका डिएसपी साहले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सुक्ष्म रुपमा अनुसन्धान थालिएको जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!