१६ साउन २०८२, शुक्रबार
01-08-2025 , Fri
×

घरमा पार्किङ गरी राखिएको गाडीमा आगजनी

Logo
प्रकाशित आइतबार, मंसिर २८, २०७७

ABC (क्राईमबिट)
राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगामास्थित एक घरमा शनिबार बिहान पार्किङ गरिराखिएको प्राइभेट पिकअप भ्यानमा आगजनी भएको छ ।
उक्त वडा निवासी बेचन मुखियाको घरआङनमा पार्किङ गरिराखिएको स.१च. १७२५ नं. को भ्यानमा एकाबिहानै आगजनी भएको हो । आगजनीबाट गाडीको इन्जिनसहित अग्रभाग पुरै जलेर क्षतिग्रस्त हुँदा करिब १८ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
डिएसपी भुवनेश्वर साहका अनुसार आगजनी कसले गरेको हो भन्ने कुराको अहिलेसम्म यकिन हुन सकेको छैन । सवारीधनी मुखियाले बिहान ४ बजेतिर नचिनेका केही मानिसले खर, पराल र पेट्रोल लिएर आई गाडीमा आगजनी गरि भागेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता समेत रहेका डिएसपी साहले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सुक्ष्म रुपमा अनुसन्धान थालिएको जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीले आफ्ना अनलाइन सेवा प्रयोगकर्ताका लागि ठूलो सुविधा ल्याएको छ। अबदेखि नेपाल प्रहरीको डोमेन तथा उप-डोमेनमार्फत सर्वसाधारणलाई प्रदान गरिने अनलाइन सेवाहरू नेपाल टेलिकम (एनटीसी) र एनसेल आजियाटा लिमिटेडको मोबाइल तथा इन्टरनेट नेटवर्कमार्फत निःशुल्क प्रयोग गर्न सकिने भएको छ। नेपाल प्रहरीका अनुसार अब शून्य ब्यालेन्स भएको अवस्थामा पनि नागरिकहरूले प्रहरीका डिजिटल सेवा सहज […]

बाँके । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीका अनुसार उक्त अवधिमा जम्मा २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन गरिएको हो। प्रमुख भण्डारीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ९४ करोड १३ लाख ६५ हजार ३६४ रुपियाँराजस्व सङ्कलन भएको थियो। यसअनुसार चालु आर्थिक वर्षमा ३ अर्ब ६ करोड १ […]

काठमाडौँ । महाराजगन्जको साम्बाला होटलमा जन्मदिन मनाउन भेला भएका चक्रे मिलन (मिलन गुरुङ) र उनका सहयोगी गएराति पक्राउ परे । पक्राउ पर्नेमा मिलन र उनका सहयोगी राहुल खड्का सहित ४७ जना छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिनअघिदेखि नै पछ्याएका थिए । केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको […]

error: Content is protected !!