१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

पौष १० गतेदेखि फिल्म हल खोल्ने चलचित्र संघको घोषणा

Logo
प्रकाशित सोमबार, मंसिर २९, २०७७

(ABC Sanchar)
काठमाडौं । नेपाल चलचित्र संघले कोरोना संक्रमण त्रासका कारण बन्द गरिएका फिल्म हलहरु पुस १० गतेबाट खोल्ने घोषणा गरेको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै फिल्महल व्यवसायीहरुको छाता सगठन चलचित्र संघले आगामी पुस १० गतेबाट एकतर्फी रुपमा फिल्म हल खोल्ने घोषणा गरेका हुन् ।
नौ महिनादेखि बन्द रहेको फिल्म हल खुलाउन बारम्बार सरकारलाई आग्रहगर्दा वेवास्ता गरिएपछि बाध्यभएर एकतर्फी रुपमा हल खोल्ने घोषणा गरिएको संघका अध्यक्ष मधुसुदन प्रधानले बताए ।
‘सरकारसँग हामीले विगत ७ महिनादेखि माग राख्दै आएका छौ । हरेक पटकको भेटमा हामीलाई आश्वासन मात्र दिने काम भयो,’ चलचित्र संघका महासचिव अशोक शर्माले भने।
संघले ५० प्रतिशत अकुपेन्सीमा सुरक्षा मापदण्ड अपनाएर हल खोल्ने तयारी गरेको छ ।
चलचित्र संघका अध्यक्ष प्रधानका अनुसार लकडाउन भएदेखि यता हल बन्द हुँदा हल व्यवसायीलाई २ अर्ब भन्दा बढी घाटा लागेको छ। यो कदमलाई आन्दोलनको सुरुवाती चरणको रुपमा वुझिदिन सरकार समक्ष चलचित्र संघले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]