२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पौष १० गतेदेखि फिल्म हल खोल्ने चलचित्र संघको घोषणा

Logo
प्रकाशित सोमबार, मंसिर २९, २०७७

(ABC Sanchar)
काठमाडौं । नेपाल चलचित्र संघले कोरोना संक्रमण त्रासका कारण बन्द गरिएका फिल्म हलहरु पुस १० गतेबाट खोल्ने घोषणा गरेको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै फिल्महल व्यवसायीहरुको छाता सगठन चलचित्र संघले आगामी पुस १० गतेबाट एकतर्फी रुपमा फिल्म हल खोल्ने घोषणा गरेका हुन् ।
नौ महिनादेखि बन्द रहेको फिल्म हल खुलाउन बारम्बार सरकारलाई आग्रहगर्दा वेवास्ता गरिएपछि बाध्यभएर एकतर्फी रुपमा हल खोल्ने घोषणा गरिएको संघका अध्यक्ष मधुसुदन प्रधानले बताए ।
‘सरकारसँग हामीले विगत ७ महिनादेखि माग राख्दै आएका छौ । हरेक पटकको भेटमा हामीलाई आश्वासन मात्र दिने काम भयो,’ चलचित्र संघका महासचिव अशोक शर्माले भने।
संघले ५० प्रतिशत अकुपेन्सीमा सुरक्षा मापदण्ड अपनाएर हल खोल्ने तयारी गरेको छ ।
चलचित्र संघका अध्यक्ष प्रधानका अनुसार लकडाउन भएदेखि यता हल बन्द हुँदा हल व्यवसायीलाई २ अर्ब भन्दा बढी घाटा लागेको छ। यो कदमलाई आन्दोलनको सुरुवाती चरणको रुपमा वुझिदिन सरकार समक्ष चलचित्र संघले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]