२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

३८ तोला सुन चोरेर भागेका पाँच जना काठमाडौंमा पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर ३०, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-२ घर भएका गुञ्जमान तामाङको घरबाट करिब ३८ तोला सुनका गरगहनाहरु गत शनिबार चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-६ बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-५ घर भएका २७ वर्षीय देवराज दाहाल, काठमाडौं महानगरपालिका-११ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ घर भएका २४ वर्षीय रामचन्द्र चालिसे, काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका २३ वर्षीय राम तामाङ, काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका १८ वर्षीय किशोर र काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे धुलिखेल नगरपालिका-१ घर भएका १९ वर्षीय राजन तामाङ रहेका छन् ।
गुञ्जमान तामाङको घरभित्र दराजमा राखेको उक्त धनमाल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न राजन, १८ वर्षीय किशोर र राम तामाङलाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित ड्रयागन डिस्कोमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।
साथै रामचन्द्रलाई २ सय १० ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित काठमाडौं महानगरपालिका-६ कपनबाट र देवराजलाई २ सय ३७ ग्राम सुन जस्तो देखिन पहेलो धातु सहित काठमाडौं महानगरपालिका-१ कमलादीबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट २ हजार १ अमेरिकी डलर समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!