२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मानव बेच विखन फरार महिला प्रतिवादी पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर ३०, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । मानव बेचविखनमा संलग्न भई फरार रहेकी एक महिला प्रतिवादी पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने सिन्धुपाल्चोक साविक सिन्धुकोट गाविस-२ स्थायी घर भएकी ५० वर्षीया अनिता तामाङ भन्ने अनिता सुनुवार रहेकी छन् ।
२०७३ चैत ३ गते वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी ५ जनालाई गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, दुवई, कतार, मोजाम्बिक हुँदै साउथ अफ्रिकासम्म पुर्याई बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४/५ महिनासम्म बन्धक बनाएको घटनामा संलग्न रहेकी उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चावहिल कुमारीगालबाट पक्राउ गरेको हो ।
साथै सोही घटनामा संलग्न ताप्लेजुङ, मिरिङदेङ गाउँपालिका-४ स्थायी घर भएका ४३ वर्षीय गणेश कुमार लोंवालाई सोही व्यूरोबाट खटिएको प्रहरीले मङ्सिर १६ गते पक्राउ गरेको थियो ।
उनीहरु उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको उक्त व्यूरोले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]