०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

९ महिनादेखि बन्द रहेको पशुपति मन्दिर बुधबारदेखि खुला

Logo
प्रकाशित बुधबार, पुष ०१, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत ९ महिनादेखि पशुपतिनाथमा भक्तजनको प्रवेशमा रोक लगाइएको थियो ।

प्राचीनकालदेखि नियमित रुपमा नियमित रुपमा भक्तजनले दर्शन गर्न पाइरहेकामा ९ महिनादेखि रोकिएकाले मंगलबन क्षमा पूजा गर्दै आजबाट मन्दिर दर्शन खुला गरिएको हो ।

क्षमा पूजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेकी थिइन् ।

पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन ।

“महामारीको सङ्कटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौँ, बुधबारदेखि मन्दिर खुलेपछि स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्दरहेको विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउने छौँ”–सदस्य सचिव ढकालले भने ।

कोरोनापछि अन्य क्षेत्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएपनि पशुपतिनाथलगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै असोजदेखि पशुपति क्षेत्रमा विश्व हिन्दू महासङ्घको नेतृत्वमा साङ्केतिक बिरोध प्रदर्शन भइरहेको थियो ।

बुधबारदेखि मन्दिर खोल्न लागिएकामा ती संस्थाले पनि मङ्गलबार पशुपति क्षेत्र परिसरमा विशेष पूजा आराधना गर्दैछन् ।

इतिहासमा पशुपतिनाथ मन्दिर नौ महिनासम्म बन्द रहेको प्रामाणिक तथ्य वंशावलीलगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रका सांस्कृतिक सम्पदाका विषयमा विद्यावारिधि शोध गर्नुभएको कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

नौमहिने यो अवधिमा धेरै पर्यटक आउने साउन महिना, हरितालिका (तीज) र बाला चतुर्दशी पर्वमा पनि भक्तजनले मन्दिर बाहिरैबाट परिक्रमा गरेर चित्त बुझाउन बाध्य हुनुपरेको थियो ।

यी पर्वमा लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा आउने गर्थे । भक्तजन नआउने भएपछि पशुपति क्षेत्र वरपरको बजारको व्यापारमा समेत कमी आएको छ ।

साउन महिना, हरितालिका (तीज) र बाला चतुर्दशी पर्वमा पशुपति क्षेत्रमा विशेषगरी नयाँ बजारसमेत सञ्चालनमा आउने गरेकामा यस वर्ष त्योसमेत प्रभावित भएको छ । पशुपति क्षेत्र वरपर खुलेका ठूला साना होटल पनि यसबीचमा प्रभावित भए ।

पशुपतिनाथ मन्दिरसँगै विश्वकै प्रसिद्ध शक्तिपीठ गुह्येश्वरी पनि पुस १ गते बुधबारदेखि भक्तजनलाई दर्शनका लागि खुला गरिने भएको छ । पशुपति क्षेत्रका चन्द्रविनायकलगायत मन्दिर, चैत्य पनि बुधबारदेखि नै भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्ने गरी तयारी भएको छ ।

नौ महिनापछि मन्दिर खुला गर्न लागिएकामा स्थानीयवासीसमेत उत्साहित भएका छन् । पुस १ गतेदेखि विशेषरुपमा साजसज्जा गरी भक्तजनलाई स्वागत गर्ने तयारी भएको छ । तयारीका लागि सोमबार कोषले स्थानीयवासीसँग बैठक गरेको छ । बैठकपछि स्थानीयवासीसँगको सम्बन्ध थप सुमधुर भएको कोषका कर्मचारीहरु बताउँछन् ।

मंगलबार क्षमा पूजा गरिएसँगै भोलि (पुस १ गते बुधबार)देखि सर्वसाधारणको दर्शनका लागि खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

पहिलो चरणमा मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई दर्शनका लागि प्रवेश गर्न दिइने छ । दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्किने व्यवस्था मिलाइएको छ ।

मन्दिर प्रवेश गर्दा भक्तजनहरुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हाललाई विशेष पूजा र भजनकीर्तन लगायतका क्रियाकलाप भने शुरु हुने छैनन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापाका अनुसार नेपाली नागरिकले भारतीय विमानस्थलमा पासपोर्ट देखाएर भोडाफोन वा एयरटेलजस्ता टेलिकम प्रदायकका काउन्टरबाट सीमकार्ड लिन सक्ने व्यवस्था भएको छ। “भारतले पछिल्लो समय आधिकारिक कागजात देखाएर सीमकार्ड उपलब्ध गराउने नीति ल्याएको छ,” थापाले जानकारी दिँदै भने, “अब नेपाली नागरिकले पासपोर्ट देखाएर सहजै तीन महिनाको […]

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

error: Content is protected !!