२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

भन्सार छलेर ल्याएको ट्रयाक्टर र चिनीसहित ४ जना पक्राउ

Logo
प्रकाशित बुधबार, पुष ०१, २०७७

ABC (क्राईमबिट)
मोरङ । भारतबाट अवैध रूपमा भन्सार छली नेपाल ल्याइएको २४६० किलो चिनी र एक ट्रयाक्टर प्रहरीले बरामद गरेको छ ।

बिशेष सूचनाको आधारमा सोमबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ४७ हजार रुपैयाँ बराबरको चिनी सहित रङगेली नगरपालिका-१ का २१ बर्षीय अभिषेक कुमार साह, धनपालथान गाउँपालिका-१ का १७ बर्षीय दिपक कुमार मण्डल, १८ बर्षीय अर्जुन कुमार मण्डल र १९ बर्षीय रुपेश मण्डललाई निजहरुले चिनी ओसार पसार गर्न प्रयोग भएको को १८ प ५७४३, को २२ प १६४४ र को ११ प ६६५९ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

यसैगरी सुनवर्सी नगरपालिका-७ बाट अवैध रुपमा चोरी पैठारी गरी ल्याउदै गरेको अन्दाजी १६ लाख मुल्य बराबरको ON TEST ट्रयाक्टर बरामद भएको छ । प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरी टोलीले सोमबार राती ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

बरामद भएको चिनी तथा ट्याक्टर समेत आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।