०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

प्रहरीको व्यवहार सदैव सेवाग्राही मैत्री हुनुपर्छ बाँके एसपी : राना

Logo
प्रकाशित बिहिबार, पुष ०२, २०७७

सागर थापा
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले प्रहरी कर्मचारीको आचरण तथा व्यवहार सदैव सेवाग्राही मैत्री हुनुपर्ने बताएका छन् ।
(एबिसी संचार) र (खबर 24 नेपाल)
संगको कुराकानीमा बाँके प्रहरी प्रमुख एसपी रानाले प्रहरी कर्मचारीको आचरण तथा व्यवहार सदैव सेवाग्राही मैत्री हुनुपर्नेमा जोड दिएका हुन् ।
बाँके एसपी रानाले आचार संहिता सबै प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पनि बताए । एसपी राना जिल्ला प्रहरी कार्यालय बाँकेमा आएको ६ महिनामा विभिन्न अपराधीक घटनाको फरार अपराधीहरु धमाधम पक्राउ एवं गुन्डागर्दी लागूऔषध चोरी तस्करी बलात्कार घरेलुहिंसा बाल बिवाहा लगायत । एसपी रानाले प्रहरी नागरीकका हरेक दुख र सुखमा प्रहरी साथी हुने बताए ।
बहु साँस्कृतिक धार्मिक भूगोलका मानिस बसोबास गर्ने बाँके प्रहरी संगठनको नेतृत्व आफ्नो लागि चूनौती र अवसर दुबै भएको बताए । लागु औषध नियन्त्रण खुला सिमानका कारण हुने बिभिन्न खाले अपराधिक घटना सडक दुर्घटना न्यूनीकरण तस्करी र कालोवजार नियन्त्रण मुख्य चुनौती भएको एसपी रानाको भनाई छ । लागु औषध निष्तेज महाअभियान २०७७ बाँके घोषणा गरेर लागुऔषध नियन्त्रण अभियान घोषणा गर्न लागेका बाँके एसपी राना अहिलेसम्म दाङ,रोल्पा, कालिकोट,काठमाडौं बौद्ध वृत,अर्घाखाची, रसुवा,उदयपुर,काँस्की लगायतका जिल्लामा प्रहरी प्रमुखको रुपमा काम गरिसकेका अनुभवी र इमान्दार छबि भएका एसपी राना हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!