२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अटो रिक्सा दुर्घटना हुँदा दुईजनाको मृत्यु,चारजना घाइते

Logo
प्रकाशित शनिबार, पुष ०४, २०७७

 

(बिपु खत्री)
तम्घास । गुल्मीमा अटो–रिक्सा दुर्घटना हुँदा दुईको जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गुल्मीदरवार गाउँपालिका गैडाकोटबाट गएराति करिब नौ बजेतिर तम्घास तर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो भगारीमा दुर्घटना हुँदा गम्भीर घाइते भएका रेसुंगा नगरपालिका वडा नं १२ का ३० बर्षका चालक तेजबहादुर रानाको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बल गुल्म गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिनुभयो । अर्का घाइते रेसंङगा २ का १८ बर्षका सुरज परियारको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा शनिबार विहान करिब ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै अटो–रिक्सामा सवार रेसंगा नगरपालिका १२ का २७ वर्षका रमेश खत्री, रेसुंगा नगरपालिका २ का १६ वर्षका रोशन परियार, १७ वर्षका सुनिल बिक घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका सुनिलको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अन्य दुई जनाको गुल्मी अस्पतालमा उपचार भइरहेकोे छ । अटो–रिक्सा सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]