०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

अटो रिक्सा दुर्घटना हुँदा दुईजनाको मृत्यु,चारजना घाइते

Logo
प्रकाशित शनिबार, पुष ०४, २०७७

 

(बिपु खत्री)
तम्घास । गुल्मीमा अटो–रिक्सा दुर्घटना हुँदा दुईको जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गुल्मीदरवार गाउँपालिका गैडाकोटबाट गएराति करिब नौ बजेतिर तम्घास तर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो भगारीमा दुर्घटना हुँदा गम्भीर घाइते भएका रेसुंगा नगरपालिका वडा नं १२ का ३० बर्षका चालक तेजबहादुर रानाको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बल गुल्म गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिनुभयो । अर्का घाइते रेसंङगा २ का १८ बर्षका सुरज परियारको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा शनिबार विहान करिब ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै अटो–रिक्सामा सवार रेसंगा नगरपालिका १२ का २७ वर्षका रमेश खत्री, रेसुंगा नगरपालिका २ का १६ वर्षका रोशन परियार, १७ वर्षका सुनिल बिक घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका सुनिलको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अन्य दुई जनाको गुल्मी अस्पतालमा उपचार भइरहेकोे छ । अटो–रिक्सा सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपाली सेनाको चिसापानी चेकपोस्ट नजिकै सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको EV गाडी बाँदरलाई जोगाउन खोज्दा अनियन्त्रित भएर दुर्घटनामा परेको हो। गाडीमा सामान्य क्षति पुगेको र यात्रुहरू सामान्य घाइते मात्र भएको भन्ने बुझिएको छ, जुन ठूलो राहतको कुरा हो। त्यो रुटमा जंगली जनावर बाटोमा अचानक आउने धेरै हुन्छ, त्यसैले: स्पिड ४०-५० मा राख्ने चिसापानी […]

काठमाडौं । धादिङको धुनीबेंशी नगरपालिका-६ स्थित मितेरी टोलमा पृथ्वी राजमार्गमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। अगाडिको गाडीले अचानक ब्रेक लगाएपछि पछाडि रहेका सवारीसाधनको ब्रेक नलाग्दा एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]