११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

काममा ढिलो गरेको भन्दै मालपोत कार्यालय तोडफोड गर्ने युवक पक्राउ

Logo
प्रकाशित शनिबार, पुष ०४, २०७७

(ABC Sanchar)
काठमाडौं । जिल्ला मालपोत कार्यालय पर्वतमा तोडफोड गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काममा ढिलासुस्ती गरेको भन्दै आक्रोशित भएका ती सेवाग्राहीले तोडफोड गरेको बुझिएको छ।

तोडफोडमा उत्रने युवक पर्वत जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्री हुन।

उनले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका थिए।

कार्यालयका विभिन्न कक्षमा प्रवेश गरी तोडफोड गरेको भन्ने खबरपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको हो।
मालपोत कार्यालयमा काम भइरहेका बेला जग्गा राजीनामा पास गर्न आएका खत्रीले आफ्नो काम किन ढिला भएको भन्दै कर्मचारीलाई समेत गाली गर्दै एक्कासि तोडफोड गरेको सार्वजनिक भएको सिसिटिभी फुटेजमा देख्न सकिन्छ।
कार्यालयभित्र हुने काम भइरहेका बेला आवेगमा आएका उनले कार्यालयको कम्प्युटर, हाजिरी मेसिन, ल्याप्चे मेसिन, फोटोकपी मेसिन, फोटो खिच्ने मेसिनलगायत महत्वपूर्ण कागजातमा क्षति पुर्‍याएको मालपोत कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र कार्यालयमा भएको क्षतिका बारेमा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!