०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

ओलीलाई पार्टीबाट कारबाही गरिएकोबारे निर्वाचन आयोगमा जानकारी

Logo
प्रकाशित सोमबार, पुष ०६, २०७७

 

(ABC Sanchar)
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट कारबाही सिफारिस गरिएको भन्दै निर्वाचन आयोगमा जानकारी गराइएको छ ।

नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले सोमबार दिउँसो आयोगको कार्यालय पुगेर आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिस गरेको जानकारी गराएका हुन् ।

आयोगमा पुगेका पोखरेलले हिजो (आइतबार) बसेको स्थायी कमिटीले गरेको निर्णयानुसार ओलीलाई अनुशासनको कारबाहीका लागि सिफारिस भएको जानकारी आयोगमा गराएको बताए ।

आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् ।

ओलीले संसद विघटनको निर्णय गरेपछि आइतबार बसेको नेकपाको स्थायी कमिटी बैठकले उनीविरुद्ध अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय कमिटीको बैठक मंगलबार (पुस ५ गते) बोलाइएको छ ।

ओलीले भने आफू अनुपस्थित भएको बैठकले गरेको निर्णय मान्य नहुने बताएका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘उपाध्यक्ष सरह’ मात्रै भएकाले उनको नेतृत्वमा बसेको बैठकले आफूलाई कारबाही गर्न नसक्ने ओलीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!