२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

घाइतेलाई अस्पताल लैजान साटो मुख्यमन्त्री नहेरी हिड् पछी

Logo
प्रकाशित सोमबार, पुष ०६, २०७७

(विवेक गाहा)
झापा । मोरंगमा भएको सवारी दुर्घटनाकोको दर्दनाक तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

दुर्घटनास्थल छेउमै भीआईपीको सवारी लस्करै अगाडि बढिरहेको देख्न सकिन्छ।

उक्त ठाँउ पूर्व पश्चिम राजमार्गको बेलबारी नगरपालिका–४ हुल्लुडे हो। जहाँ आज दिउसो करिब साढे ३ बजे स्कुटर दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका २ जना सडकमै छटपटाइरहेका थिए। उनीहरु दुर्घटनास्थलमा जम्मा भएकाहरुले प्रहरीलाई खबर समेत गरे।

सवारीको व्यवस्था नहुँदा तत्काल अस्पताल लान सकिएको थिएन। मुख्यमन्त्री शेरधन राई चढेको सवारी र पछुवा आएपछि त्यहाँ जम्मा भएकाहरुले गाडी रोक्न र सहायताको अपेक्षा गरेका थिए। तर, गाडी हुँइकिएपछि उनीहरुलाई तत्काल अस्पताल पुर्याउँन सकिएन। ढिलो गरि प्रहरीलाई खबर गरेपछि अस्पताल पुयाईएको थियो।

दुर्घटनामा घाइते हुनेहरु बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र उनका छिमेकी ६३ वर्षीय दुर्गा भण्डारी हुन।
उनीहरुमध्ये खत्रीको उपचारकाक्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]