२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँके जिल्लामा एसपी :राना लागूऔषध निस्तेज महाअभियानमा

Logo
प्रकाशित मंगलबार, पुष ०७, २०७७

(महेन्द्र सिंह)                                                       बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जिल्लामा लागू औषधलाई निस्तेज गर्नको लागि प्रहरीले स्थानीय तहसंगको सहकार्यमा लागू औषध निस्तेज महाअभियान २०७७ सञ्चालनमा ल्याएको जानकारी दिए । बाँके प्रहरीले बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडाका वडा अध्यक्षको संयोजकत्वमा लागू औषध बिरुद्धको वडास्तरिय समिति निर्माण गरी काम सुरु गरेको उनले बताए । यसै महाअभियान अन्तरगत बाँकेको नरैनापुर गाउपालिकाका र राप्तीसोनारी गाउपालिकाको वडा नं. ६ र ७ को वाडा समिति तथा स्थानीय नागरिक समुदायसंग नरैनापुरमा अन्तरक्रियामा समेत आयोजना गरेको छ ।

उनले लागूऔषधको कारण जिल्लामा अपराधको दर ७० प्रतिशतले बढेको ले महाअभियान सञचालन गर्नु परेको बताए । जिल्ला प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ६१ वटा मुद्दामा ८३ जना प्रक्राउ परेका छन् ।

सो कार्यक्रममा बोल्दै नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले लागू औषध समाजको लागि बिष भएको कारण सबैको सहयोगले मात्र यसलाई निमूर्ल गर्न सकिने भएकोले गाउपालिकाले लागू औषध निस्तेज महाअभियानलाई सहयोग गर्ने बताए । लागूऔषध निस्तेज महाअभियानले वडास्तरबाट आफ्नो गतिविधि सुरु गरेको जानकारी दिदै राप्तीसोनारी गाउपालिका वडा नं ७ का वडा अध्यक्ष तथा महाअभिानका संयोजक रामलखन थारुले नशा मुक्त समाज निर्माणको लागि प्रहरी मात्रैले केहीगर्न नसक्ने भएकोले सबैको हातेमालो आवश्यक भएको बताए । ईलाका प्रहरी कार्यालय भगवानपुरका ईन्चार्ज प्रहरी निरिक्षक बसन्त गौतमद्वारा सञ्चालन गरिएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुरज क्षेत्रीले जिल्लामा लागू औषधको मुद्दाको अवस्था र प्रहरी नागरिकको सक्रियताको बारेमा जानकारी गराउनुको साथै नरैनापुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहीले पालिकाले लागू औषध बिरुद्धको महाअभियानलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]