३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

बाँकेमा हतियार प्रहार गरि ३ लाख ३४ हजार रकम लुटियो

Logo
प्रकाशित मंगलबार, पुष ०७, २०७७

(महेन्द्र सिंह)
बाँके । राप्तिसोनारी गाउँपालिकामा हतियारले आक्रमण गरि करिब ३ लाख ३४ हजार रुपैया लुटपाट गरिएको छ । राप्तिसोनारी गाउँपालिका वडा नं. ९ एवान कटेज नजिक खोलको टिप शुल्क काटेर घर फर्कदै गरेका सोही वडाका रिमबहादुर वली माथी धारीलो हतियारले प्रहार गरि उनीसंग भएको रुपैया लुटपाट भएको हो । लुटेरा समुह भे५ प ६५८६ र भे७ प ५२२५ नम्बरमा आई रिम बहादुर वलीलाई घेराउ गरि उनीहरु संग भएको धारिलो हतियार को पछिल्लो भागले प्रहार गरी हात खुट्टाले हानी घाईते बनाई आफुसंग भएको रकम लगि फरार रहेको उनले प्रहरी समक्ष दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

उनलाई आक्रमण गर्ने ९ जनाका बिरुद्धमा इलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको रिमबहादुर वलीलदे बताए । उनलाई आक्रमण गर्नेमा राप्तिसोनारी गाउँपालिकामा कार्यरत स्वास्थ्यका कर्मचारी मनोज वली पनि रहेको रिमबहादुरले बताए । रकम लुटपाट गर्ने ब्यक्तिहरुको खोजि कार्य भैरहेका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!