२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

जाडोमा अदुवा हालेको चिया खाने फाइदाहरु यस्ता छन

Logo
प्रकाशित मंगलबार, पुष ०७, २०७७


 

(ABC Sanchar)
काठमाडौं । अदुवा स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अदुवामा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् ।

अदुवालाई हामीले दैनिक भान्सामा प्रयोग गर्दै आइरहेका हुन्छौं । अझ चिसोमा अदुवा हालेर चिया खादाका अनेकौँ लाभ छन् ।

चियामा अदुवा हालेर खाँदा स्वास्थ्यका लागि निकै फाइदा हुने चिकित्सकहरु बताउँछन् ।

अदुवामा भिटामिन सीको मात्रा उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ ।

कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्ता वा अन्य विमारी हुने समस्या आउँदैन ।

शरीरमा असजिलो महसुस भएमा अदुवा हालेको चिया खानु राम्रो हुन्छ ।

अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त मानिन्छ ।

त्यसैगरी अदुवाले तपाईको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ ।

मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन लाभदायक मानिन्छ । अदुवाको चियाले श्वाप्रश्वासमा हुने समस्या कम गर्छ ।

चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया खाँदा चिसो हट्ने विश्वास गरिन्छ ।

वातावरणीय एलर्जीबाट छुटकारा पाउन अदुवा हालेको चिया उत्तम मानिन्छ । यसले रक्त सञ्चारमा समेत सन्तुलन ल्याउने काम गर्छ ।

अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडका कारण रक्त सञ्चारलाई सन्तुलन गर्ने चिकित्सकहरु बताउँछन् । त्यस्तै विभिन्न रोग लाग्नबाट समेत बचाउँछ ।
हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

त्यस्तै, अदुवा हालेको चियाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।
अदुवाको चियाले तनावमुक्त बनाउने गर्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!