२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जाडोमा अदुवा हालेको चिया खाने फाइदाहरु यस्ता छन

Logo
प्रकाशित मंगलबार, पुष ०७, २०७७

 

(ABC Sanchar)
काठमाडौं । अदुवा स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अदुवामा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् ।

अदुवालाई हामीले दैनिक भान्सामा प्रयोग गर्दै आइरहेका हुन्छौं । अझ चिसोमा अदुवा हालेर चिया खादाका अनेकौँ लाभ छन् ।

चियामा अदुवा हालेर खाँदा स्वास्थ्यका लागि निकै फाइदा हुने चिकित्सकहरु बताउँछन् ।

अदुवामा भिटामिन सीको मात्रा उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ ।

कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्ता वा अन्य विमारी हुने समस्या आउँदैन ।

शरीरमा असजिलो महसुस भएमा अदुवा हालेको चिया खानु राम्रो हुन्छ ।

अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त मानिन्छ ।

त्यसैगरी अदुवाले तपाईको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ ।

मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन लाभदायक मानिन्छ । अदुवाको चियाले श्वाप्रश्वासमा हुने समस्या कम गर्छ ।

चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया खाँदा चिसो हट्ने विश्वास गरिन्छ ।

वातावरणीय एलर्जीबाट छुटकारा पाउन अदुवा हालेको चिया उत्तम मानिन्छ । यसले रक्त सञ्चारमा समेत सन्तुलन ल्याउने काम गर्छ ।

अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडका कारण रक्त सञ्चारलाई सन्तुलन गर्ने चिकित्सकहरु बताउँछन् । त्यस्तै विभिन्न रोग लाग्नबाट समेत बचाउँछ ।
हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

त्यस्तै, अदुवा हालेको चियाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।
अदुवाको चियाले तनावमुक्त बनाउने गर्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!