०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

पोखरीमा डुबेर बालिकाको मृत्यु, एक बेवारिसे पुरुषको शव भेटियो

Logo
प्रकाशित शनिबार, जेठ १२, २०७५

राघवेन्द्र चौबे ,पकडी (कपिलवस्तु )कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा नुहाउने क्रममा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका-३ शुक्ररामपुर वस्ने राम कोहारकी छोरी वर्ष १२ की राधा आफ्नै घर नजिकैको पोखरीमा नुहाउने क्रममा पानीमा डुबेर अचेत भएकी थिइन्। उनलाई जिल्ला अस्पताल तौलिहवा लगिएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।शव पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयकपिलवस्तुले जनाएको छ। यसैगरि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे बजारस्थित नारायण ज्ञवालीको घरनजिकै नामथर नखुलेका वर्ष ६० का एक पुरुष मृत अवस्थामा फेला परेका जिल्लाप्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन […]

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि दर्ता गराएको आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। उनी प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए। डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सम्बोधन गर्दै उम्मेदवारी फिर्ता गर्ने निर्णय सार्वजनिक गरेका हुन्। उनले गोरखा-२ का स्थानीय नागरिक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबाट आएको […]

काठमाडौं । भक्तपुरको मध्यपुरथिमी-२ सानोठिमीस्थित बाल सुधार गृहमा कुटाकुट भएको छ। बिहीबार राति १० बजेतिर बाल सुधार गृहमा राखिएका दुई समूहबीच कुटाकुटसँगै आगजनी र तोडफोड समेत भएपछि अवस्था तनावग्रस्त बनेको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले बाल सुधार गृहमा राखिएका दुई पक्षबीच  बिहीबार राति कुटाकुट भएको र अहिले अवस्था सामान्य भइसकेको जानकारी दिए। डीएसपी […]

error: Content is protected !!