०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

पोखरीमा डुबेर बालिकाको मृत्यु, एक बेवारिसे पुरुषको शव भेटियो

Logo
प्रकाशित शनिबार, जेठ १२, २०७५

राघवेन्द्र चौबे ,पकडी (कपिलवस्तु )कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा नुहाउने क्रममा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका-३ शुक्ररामपुर वस्ने राम कोहारकी छोरी वर्ष १२ की राधा आफ्नै घर नजिकैको पोखरीमा नुहाउने क्रममा पानीमा डुबेर अचेत भएकी थिइन्। उनलाई जिल्ला अस्पताल तौलिहवा लगिएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।शव पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयकपिलवस्तुले जनाएको छ। यसैगरि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे बजारस्थित नारायण ज्ञवालीको घरनजिकै नामथर नखुलेका वर्ष ६० का एक पुरुष मृत अवस्थामा फेला परेका जिल्लाप्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!