
(ABC Sanchar)
दाङ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको बैठकले नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समूहमा दाङबाट घनश्याम पाण्डेसहित १८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
बैठकले पाण्डेसहित रेवतिरमण शर्मा, अम्मर डाँगी, सरस्वती गौतम, कोमल वली, बिष्णु पौडेल, टोपेन्द्र केसी, छबिलाल वली, टिकाराम खड्का, शोभाराम बस्नेत, जितेन्द्र नेपाली, मेनका पोखरेल, गिरिराज केसी, शारदा स्वर्णकार, राममणि नेपाली, ध्रुब आचार्य, मिलन चौधरी, तुलसा केसी लगायतलाई मनोनित गर्ने निर्णय गरेको हो ।