०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

मोरङमा ब्राउनसुगरसहित ९ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष ०७, २०७७

 

(विवेक गाहा)
बिराटनगर । उदयपुर र मोरङका बिभिन्न स्थानबाट सोमवार दिउँसो नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ९ जना पक्राउ परेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका-११ मा ब्राउसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा सोमवार दिउँसो जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय जोनसेना भनिने सुमन बस्नेतलाई ०.२० ग्राम
लागुऔषध ब्राउनसुगर र नगद ९,६२० सहित पक्राउ गरेको थियो ।

निजलाई पक्राउ गरेसंगै सोधपुछ गर्ने क्रममा त्रियुगा नगरपालिका-१४ साउने घर भई त्रियुगा नगरपालिका-१२ बस्ने २५ बर्षीया पार्वती मगरको समेत संग्लग्नता रहेको खुल्न आएसंगै तत्काल मगरको कोठामा पुगेको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिएको थियो । मगर पक्राउ परेसंगै निजको कोठा खानतलासी गर्दा २०.३४ ग्राम ब्राउनसुगर, नगद ५७,८००, ब्राउन सुगर सेवन गर्न प्रयोग हुने प्लेट, बिलेट, चुरोट र केही सिक्का पैसा समेत बरामद भएको थियो ।

यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-१३ बरुवा खोला किनाराबाट त्रियुगा-११ का ३२ बर्षीय नसिव राईलाई १६.३७ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

बिशेष सूचनाका आधारमा सोमवार राती साँढे ९ बजे खटिएको प्रहरी टोलीले राईलाई १६.३७ ग्राम लागुऔषध ब्राउनसुगर र नगद ११,२०० सहित पक्राउ गरेको हो ।

यसरी लागुऔषध ब्राउनसुगर र नगद सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी मोरङको कानेपोखरी गाउँपालिका-५ भौसावारीबाट सोमवार राती पौने ७ बजे लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ परेका छन् ।

उक्त स्थानमा लागुऔषध ब्राउसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ४० ग्राम ब्राउनसुगर सहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कानेपोखरी गाउँपालिका-५ का १९ बर्षीय मुस्कान धिमाल, १९ बर्षीय बिक्रम मगर, २२ बर्षीय पंचन साह, कानेपोखरी-२ का २४ बर्षीय राजेश धिमाल र लेटाङ-३ का २३ बर्षीय शान्तिराम काफ्ले रहेका छन् ।

यस्तै मोरङको बिराटनगर महानगरपालिका-१६ दरैया बस्तिबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले धनकुटा घर भई पथरीशनिश्चरे नगरपालिका-९ बस्ने २५ बर्षीय धन बहादुर रानालाई लागुऔषध नाईट्राभेट ३०० ट्याब्लेट सहित सोमवार साँझ सवा ६ बजे पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ घर भइ होटल चलाउँदै आएका ४५ वर्षीय गिनीलाल गुप्ता र भारतको बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ घर भएका ४० वर्षीय जयप्रकाश साह छन् । उनीहरुलाई बिहीबार पर्सा प्रहरीले पक्राउ गरेको हो। महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल स्मार्ट र न्यू शान्ति सैनिक होटलबाट गरी ४ जनाको उद्दार समेत […]

  काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

  काठमाडौं । विराटनगर महानगरपालिका ३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट गाडी चोरेर भागेका एक जना पक्राउ परेका हुन्। कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा गाडी चोरेर एक व्यक्ती भागेका थिए । पक्राउ पर्नेमा गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिन रहेका […]

error: Content is protected !!