
(ABC Sanchar)
काठमाडाैं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । हाल पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
वुधवार दिउँसो कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक्देरखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ ।
त्यस्तै, राती कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाको भनाइ छ।
बिहिबार दिउँसो : देशका पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राती : देशभर मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ भने राती : प्रदेश नं १ का पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
देश अधिकांश स्थानको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सबैमा जल तथा मौसम पूर्वानुमा महाशाखाले अनुरोध गरेकाे छ।
तराई तथा पहाडका केही भूभागहरुमा बिहानीपख हुस्सुरकुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेरकाे छ।रासस