१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

दुई थान कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

Logo
प्रकाशित बुधबार, पुष ०८, २०७७

 

ABC (क्राईमबिट)
सुनसरी । कोशी गाउँपालिका-८ भाण्टावारी चोक नजिकबाट २ थान कटुवा पेस्तोल, ५ राउन्ड गोली सहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी कोशी गाँउपालिका-८ बस्ने ३५ वर्षीय मो.मुक्तार मिया र सोही ठाउँ बस्ने २७ वर्षीय सद्दाम मिया रहेका छन् ।

केही युवाहरुले भारतबाट हातहतियार तथा खरखजना ल्याई नेपालमा बिक्री वितरण गर्दै छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को. ३६ प २३९० र बिआर ५०सि ०२४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सद्दाम मियाले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त कटुवा पेस्तोल फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]